आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०८२ मंगलबार, १९ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०८२ मंगलबार, १९ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र ३ गते तद्अनुसार सन् २०२५ अगस्त १९ तारिख मंगलबार भाद्र कृष्ण पक्षको एकादशी तिथि आद्र्रा नक्षत्र बज्र योग कौलव करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । अजा-एकादशीव्रत ।

आजको राशिफल

मेष – आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि बोलीको भरमा काम सम्पादन हुने समय छ । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर जित तपाईंकै हुनेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

वृष – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने दिन छ । परिवारजनसँग आत्मीयता बढ्ने एवम् व्यवसायमा थप लगानी बढाउन सकिएला । हिम्मतले काम बनाउने प्रयास गर्नु उचित हुनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । साहसिक काममा आकर्षण रहला ।

मिथुन – मिश्रित फलदायी समय छ । अनावश्यक दौडधुपमा समय बित्नसक्छ, सजग रहनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सोची-सम्झी पाइला चाल्नु लाभप्रद रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । स्वास्थ्य भने सबल रहनेछ । दिगो फाइदा हुने काममा लगानी हुनसक्ने योग छ ।

कर्कट – दैनन्दिन कार्यमा जाँगर बढ्नुका साथै पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउला । आयआर्जनका स्रोत बढ्नेछन् भने हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने योग छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिएर जाला । आयबल वृद्धि हुनेछ । कार्यगति बढ्ने र समस्याको समाधान मिल्नेछ ।

सिंह – सुख र दुःखको मिश्रित भाव अनुभूति हुने समय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सजग रही ब्यवहार गर्नुहोला । प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्नेछ । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । अध्ययनमा पछि परिने योग भएकाले सजग रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । रसरागको भाव जागृत होला ।

कन्या – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहने समय छ । भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न होला । मित्र एवम् सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको पनि राम्रै मूल्यांकन होला । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । रसरागको भाव जागृत हुनेछ ।

तुला – विभिन्न अवसरले पछ्याउने समय छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । आफ्नै प्रयासले लाभ मिल्ने र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ ।

वृश्चिक – आजको दिन केही चुनौती बढ्न सक्छ । काम बिग्रने डरले त्यसै-त्यसै सताइरहला । पुरानो कुनै कारणले झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख मिल्न सक्छ । विवेकको सही प्रयोगले शत्रुपक्ष परास्त हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिएला ।

धनु – इर्ष्यालुजनको मनोबल कमजोर रहनाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै हौसला जगाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ । तथापि, आलोचकहरू बढ्न सक्छन्, व्यवहारमा विशेष सावधानी अपनाउनुहोला ।

मकर – कुनै विशेष योजना अघि बढाउन खोजिरहनुभएको छ भने उचित समय छ, हिम्मतले काम लिनुहोला । कर्मबल वृद्धि भइ सोचेअनुसार परिणाम हासिल हुने देखिन्छ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति होला । सहयोगीहरू भेटिनुका साथै नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । धन आर्जनको योग छ । प्रेमको बन्धन कसिनुका साथै विपरीतलिंगीबाट लाभ मिल्नेछ । आरोग्यबल वृद्धि हुने र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।

कुम्भ – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । मनको डर उत्साहमा रूपान्तरित हुने देखिन्छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलताले पछ्याउला । मित्रजनबाट विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै होला । फलदायी यात्रा गर्ने मौका जुर्न सक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला ।

मीन – काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । विपरीतलिंगी मित्रको सहयोग जुट्ला । बोली र व्यक्तित्वको प्रभावले फाइदा उठाउन सकिने समय छ । मेहनतले धेरै काम बनाउन सकिएला । व्यवसायमूलक काममा राम्रै फाइदा हुने योग छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।