✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र ५ गते तद्अनुसार सन् २०२५ अगस्त २१ तारिख गुरूवार भाद्र कृष्णपक्षको त्रयोदशी तिथि पुष्य नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ ।
आजको राशिफल
मेष – बिग्रन लागेको काम पनि अथक प्रयासमा बन्ने समय छ । समस्यामा आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । बिहानीपखको उल्लास साँझसम्म कायम नरहन सक्छ, ध्यान राख्नुहोला । तथापि, सामथ्र्य वृद्धिका कारण कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
वृष – परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आत्मीय मित्रजनसँग भेटघाट हुनसक्छ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।
मिथुन – आजको दिन चिताएको काममा सफलता पाइने एवम् धनलाभ हुने देखिन्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । महत्वपूर्ण कार्यमा कसैबाट साथ-समर्थन पाइएला । शुभता बढेर रोकिएको काम बन्नेछ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
कर्कट – स्वास्थ्यगत रूपले केही कमजोरी महसूस भएपनि समाजिक सम्मान मिल्ने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट रुपैयाँपैसा आर्जन होला । कर्मबल वृद्धिका साथै आश मारेको काम बन्न सक्ने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
सिंह – सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयाँपैसाको राम्रै कारोबार हुने देखिन्छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । व्यस्तता बढेपनि साथीभाइको सहयोगले सुखदानुभूति दिलाउनेछ ।
कन्या – आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । बेकामको क्षेत्रमा पैसा खर्च हुनसक्ने समय छ । स्वास्थ्यगत समस्याले पनि केही सताउनसक्ने हुँदा विशेष सावधान रहनु उचित होला । भौतिक सरसामनको पनि क्षति हुने सम्भावना छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । शत्रुपक्ष भने कमजोर रहनेछ । चुनौतीका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।
तुला – आजको दिन अनावश्यक रुपम मनमा डरको भाव पैदा हुनसक्छ । कसैसँग हल्का मनमुटाव पनि होला, सतर्क रहनु हितकर हुनेछ । विचारको तरङ्ग बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
वृश्चिक – अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । मान-सम्मानमा वृद्धि हुने योग छ । आँट-पराक्रम बढ्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला ।
धनु – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवादको अवस्था रहने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आहारविहारमा आज विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
मकर – दिन केही चुनौतीयुक्त रहनसक्छ । अल्छीपनले सताउला । स्वास्थ्य कमजोर रहनाले काममा जाँगर नचल्न सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग छ । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आजको दिन कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । दाम्पत्यसुख मिल्नेछ । साझेदारीको काममा अनुकूलता वृद्धिले उल्लास छाउला । मित्रजनसँग आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ ।
मीन – शुभदायी दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुने तथा आम्दानीका बाटाहरु खुल्ने समय छ । ब्यापार ब्यवसाय फष्टाउला । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । खर्च भने केही बढ्न सक्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ ।
प्रतिक्रिया