✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १० गते तद्अनुसार सन् २०२५ अगस्त २६ तारिख मंगलबार भाद्र शुक्ल पक्षको तृतीया तिथि १२ः४२ बजेसम्म त्यसपछि चतुर्थी तिथि हस्ता नक्षत्र साध्य योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ बजे हुनेछ । तीजव्रत, चौरचनव्रत, चथा ।
आजको राशिफल
मेष – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख–सुविधाको वस्तुका साथै सुख विलास पनि बढ्ने देखिन्छ ।
वृष – दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूर्तिका लागि खर्च भने केही बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । नयाँ काममा फड्को मार्न सकिएला ।
मिथुन – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । कामको सिलसिलामा नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग छ । तथापि, अरूको भरपर्दा काम रोकिने र हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कर्कट – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तर, लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ । समय लागे पनि चाहेको काम सम्पादन हुनेछन् । विशेष योजनामा परिवारजनको सहयोग लिनु हितकर हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ, जसले आनन्द वृद्धि गराउला । आश मारेको कामले सार्थकता पाउन सक्छ, प्रयत्न गर्नुहोला । रचनात्मक काममा मन जानेछ ।
सिंह – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु हितकर सावित हुनेछ । अनावश्यक भेटघाटमा अलमलिँदा महत्वपूर्ण काम पछि पर्नसक्छ, ध्यान दिनुहोला । प्रेमभाव बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्ने देखिन्छ ।
कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । कमजोर मानसिकताले पछि परिने सम्भावना छ, हिम्मत गरेर पुरुषार्थी काम सम्पादनको प्रयत्न गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रयत्न गर्दा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । समस्यामा नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – गरिएका कर्मको उचित प्रतिफल पाइने समय भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । दिनको शुरुवात प्रतिकुल जस्तो अनुभूति भएपनि आजको दिन राम्रै धनार्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
वृश्चिक – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलताको अनुभूति होला । कार्यगति बढेर समस्याको समाधान दिलाउनेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् ।
धनु – केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुने समय छ । व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ । आयबल बढ्ने योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको सम्भावना छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ । तथापि, पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखद यात्राको सम्भावना छ ।
मकर – व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । आरोग्यबल बढ्नेछ । मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, ब्यवहारमा सजगता अपनाउनुहोला । प्रतिस्पर्धामा विजयी भइनेछ । स्वादिष्ट भोजनमा मन रमाउला । सामथ्र्य वृद्धि हुनाले रोकिएको काम अघि बढ्ने योग छ ।
कुम्भ – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । इर्ष्यालुजनहरू काममा अवरोध गर्न अग्रसर हुनसक्ने योग रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिनेछ, कार्य-व्यवहारमा ध्यान राख्नुहोला । मनोरञ्जनात्मक क्रियाकलापमा मन जानेछ । मित्रजनको साथ रहनेछ ।
मीन – चुनौतीयुक्त परिस्थितिमा पनि केही काम बन्नेछन्, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । आजको दिन आर्थिक कारोबार भने नगर्नु हितकर होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
प्रतिक्रिया