✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १४ गते तद्अनुसार सन् २०२५ अगस्त ३० तारिख शनिबार भाद्र शुक्ल पक्षको सप्तमी तिथि विशाखा नक्षत्र ऐन्द्र योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा तुला राशिमा ६ः४४ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । अमुक्त्ताभरणसप्तमी, महालक्ष्मी व्रतारम्भ, त्रिपुष्करयोग १३ः४४ बजेसम्म ।
आजको राशिफल
मेष – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुखद समाचार प्राप्त हुने योग छ । स्वास्थ्य सबल रहनुका साथै नियमित काममा पनि फाइदाको योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
वृष – तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । केही समस्या देखिए पनि राम्रैसँग धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक यात्राको सम्भावना पनि देखिन्छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीको काममा भने समस्या आउन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने योग छ । जोखिम बढ्नेछ तर रोकिएको काम बन्नेछ ।
मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तापनि सामाजिक कार्यमा आकर्षण रहनुका साथै धेरैको भलाइ हुने काम गर्न सकिएला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । आरोग्यबल वृद्धि हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ ।
कर्कट – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ भने विपरीतलिंगीको साथ मिल्नेछ ।
सिंह – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । कार्यसम्पादनको क्षमता बढ्नेछ । महत्वाकांक्षी योजना फलीभूत होलान् । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । तर, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर सावित होला ।
कन्या – मिश्रित फलदायी समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्ला । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइने सम्भावना छ, सजग रहनुहोला । अध्ययन-अध्यापन कार्यमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीसँग लड्ने सामर्थ्य बढ्नेछ ।
तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनेपनि बेसुरमा वचन दिने बानीले दुःख पाइने सम्भावना छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित होला । आजको दिन व्यवसायमा विशेष लाभ लिने प्रयत्न गर्नु वान्छनीय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । दामपत्यसुख बढ्नेछ भने स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । व्यवसायबाट विशेष लाभ मिल्ने योग छ । प्रेमभाव वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइ र आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
धनु – आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । साथ-समर्थन दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मकर – आजको दिन प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पढाइलेखाइमा जाँगर कमै लाग्ला । पहिलेका समस्या दोहोरिन सक्ने योग छ, सजग रहनु उचित हुनेछ । आफन्तको साथ मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – ब्यस्तता बढ्ने, दौडधुपमा समय बित्ने र अरूको फाइदाका लागि उपयोग भइने समय छ । परिस्थिति तपाईंका लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग छ, आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मीन – विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, सचेत रही ब्यवहार गर्नुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त होला । नियमकानूनले साथ दिएपनि पुरानो समस्याले झमेला आइलाग्ने सम्भावना छ । खर्च वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।
प्रतिक्रिया