आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०८२ मंगलबार, २ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०८२ मंगलबार, २ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १७ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख मंगलबार भाद्र शुक्ल पक्षको दशमी तिथि मूल नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२२ मा हुनेछ । निवृत्तिभरण दिवस ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने सम्भावना समेत रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । यात्रामा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष – नियमित कार्यमा विशेष लगाव रहने समय छ । कसैबाट विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुनसक्ने देखिन्छ । आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । फजुल खर्च नियन्त्रणको प्रयत्न गर्नुहोला ।

मिथुन – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने दिन छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आजको लाभांश सुरक्षित वा सञ्चय नहुने योग छ ।

कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यबल वृद्धि हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

सिंह – केही प्रतिस्पर्धा गर्नुपरे पनि अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ने योग छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि होला । आरोग्यता रहनेछ ।

कन्या – नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य कमजोर रहनाले जाँगरमा कमी आउन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । कतिपय प्रतिकुलताका बाबजुद गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

तुला – भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ होला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला । चुनौतीका बाबजुद सहयोगीहरूले फाइदा दिलाउनेछन् । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरसापटमा धन खर्च हुने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुखले उत्साह जागृत गर्ने देखिन्छ ।

धनु – भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । इष्र्यालुजनले दुःख दिनसक्छन्, सजग रही दैनन्दिन कार्यमा लागिपर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – सेवामूलक कामबाट धनलाभ हुने समय छ । कर्मबल पनि बढ्नेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । रमाइलो यात्राको अवसर जुट्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । विशेष कार्यमा परिजनको साथ मिल्ला । आर्थिक कठिनाइको सामना गर्नुपर्ने सम्भावनाप्रति सजग रहनुहोला ।

कुम्भ – सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्नेछ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ल । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन – प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त होला ।