✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २० गते सन् २०२५ अगस्त ५ तारिख शुक्रबार भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि श्रवण नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा धूम्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ । प्रदोषव्रतम् ।
आजको राशिफल
मेष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । परोपकारी कर्ममा मन जाने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
वृष – शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ । विपरीतलिंगीको साथ-सहयोगले उत्साह वृद्धि गराउने योग छ ।
मिथुन – बोलीको भरमा काम सम्पादन हुने तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने सम्भावना छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । पढाइलेखाइमा केही बाधा पुग्ने योग छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।
कर्कट – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता वृद्धि होला । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने सम्भावना छ । परिवारिक सुखले उत्सााह जगाउला ।
सिंह – मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । आय-आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धि भएपनि श्रमको उचित मूल्य नमिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ ।
कन्या – बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आजको दिन नयाँ स्थानमा यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिन सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित होला । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुख-शान्ति रहनेछ ।
तुला – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भएपनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विद्यामा भने कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । घरेलु समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला ।
वृश्चिक – मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक काम सफल रहने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ, ध्यान राख्नुहोला ।
धनु – पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ । सहयोगीहरूले भने काममा उत्साह जगाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।
मकर – शुभतासँगै प्रगतिको दर बढ्नेछ । रोकिएको काम अघिबढ्लान् । तपाईंबाट भएका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार हातपर्ने सम्भावना छ ।
कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, सजग रहनुहोला । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुखको योग छ ।
मीन – आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउन सक्छ, सजगता अपनाउनु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहला । अरूका काममा समय दिनुपर्ने सम्भावना छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सजगता अपनाइ व्यवहार गर्नुहोला ।
प्रतिक्रिया