आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०८२ शनिबार, ६ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०८२ शनिबार, ६ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २१ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ६ तारीख शनिबार भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि धनिष्ठा नक्षत्र अतिगण्ड योग गर करण आनन्दादिमा प्रबद्र्ध योग चन्द्रमा मकर राशिमा ११ः२१ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । अनन्त चतुर्दशी व्रत, कुमारी इन्द्रयात्रा ।

आजको राशिफल

मेष – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । जागिरमा विशेष सजगता अपनाउनुहोला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदिने सम्भावना छ । आम्दानी बढेसँगै खर्च वृद्धि हुने योग छ । आमोदप्रमोदको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

वृष – नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । सुखद यात्रको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।

मिथुन – मनमा सद्विचार आउनाले समय उत्साहजनक रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि अवसर आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान-सम्मान पनि पाइनेछ । महत्वपूर्ण कार्यमा सफलता हातपर्ला । धर्मकर्ममा आकर्षण रहनेछ । भाग्यबल बढ्नेछ । सुख-सुविधाका बस्तु उपहारको रुपमा हातपर्ने योग छ । समस्याको समाधान मिल्नेछ ।

कर्कट – ब्यस्तता बढ्ने तर श्रमअनुसारको परिणाम हात पर्न कठिन हुने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । काममा अरुको कमै भरपर्दा आत्मसन्तोष मिल्ने देखिन्छ । बोलीमा यथासक्य लगाम लगाउनु हितकर हुनेछ । वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु उचित होला । शारीरिक तथा मानसिक आलस्यता बढ्नाले नियमित कार्यमा ह्रास आउला । कठोर मिहिनेतले काम बन्नेछ ।

सिंह – आरोग्यबल बढ्नेछ भने अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन छ । कतैबाट आर्थिक लाभ हुने योग छ, सुखद परिणाम प्राप्तिका लागि चनाखो भने रहनुपर्नेछ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइएला, जसले मान-प्रतिष्ठा बढाउनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । पराक्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण गर्न सकिनेछ ।

कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, सजग रहनुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । प्रेमभाव वृकिा साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । विभिन्न उपहार प्राप्त हुने र प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने देखिन्छ । तपाईंका कामबाट अरुहरु निकै प्रभावित हुनेछन् । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।

वृश्चिक – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने दिन भएपनि समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनले साथ नदिने सम्भावना छ, सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्ने देखिन्छ । व्यस्तता बढेअनुसार परिणाम हत नलाग्ने योग छ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

धनु – मिश्रित फलदायी दिन छ । व्यावसायिक काममा केही समस्या आउने देखिन्छ, तर बिस्तारै कामहरु बन्न थाल्नेछन् । कामकै सिलसिलामा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सार्वजनिक सभा-समारोहमा अधिकार तथा प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रेमभाव बढ्नुका साथै सन्तानसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको विशेष सहयोग प्राप्त हुनेछ ।

मकर – आजको दिन ब्यस्तता वृद्धिका साथै केही चुनौती बढ्ने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । जोखिम बढेपनि प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रसरागमा आकर्षण रहला ।

कुम्भ – ग्रहको सकारात्मक प्रभावले जोश-जाँगर, उत्साह तथा उमंग देखापर्ने शुभदायी दिन छ । प्रेमको प्रसंग सुखद रहला । दाम्पत्यसुख पनि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ-समर्थन मिल्ने देखिन्छ । नियमित कार्यमा सोचेजस्तै सफलता प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा मन जानेछ । पारिवारिक समस्याको सहजै समाधान मिल्ने तथा धनलाभको योग छ । मित्रजनको साथ–समर्थन मिल्नेछ ।

मीन – काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । साहस वृद्धि होला । प्रेमभाव पनि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ, प्रयास जारी राख्नु उचित होला । घरजग्गासम्बन्धी व्यवसायमा हुनेका लागि लाभको समय आएको छ । धन, मान महत्व बढ्ने देखिन्छ । बौद्धिकताका साथै पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।