आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८२ आइतबार, ७ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८२ आइतबार, ७ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २२ ते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख आइतबार भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि शतभिषा नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ । पूर्णिमा व्रत, खग्रास चन्द्रग्रहण राति १०ः११ देखि आरम्भ भइ १ः४१ बजेसम्म रहनेछ ।

आजको राशिफल

मेष – भाग्योदयको समय छ । बोली र ब्यवहारको प्रभावमा अरुलाई विश्वास दिलाइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । मिठो भोजन प्राप्त होला, तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । पराक्रम बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृष – आम्दानीका अवसरहरू प्राप्त हुनसक्ने दिन छ । विद्यार्थीहरुका लागि राम्रो समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव बढ्नेछ । गोपनियतामा निरन्तर रहनु उचित होला । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । सुखद याको सम्भावना छ । भुलेका मित्रहरुले सम्झने तर कसैसँग विवाद वा झगडा हुन सक्छ, सजग रहनुहोला ।

मिथुन – मिश्रित फलदायी समय छ । घरेलु समस्याले पिरोल्ने, पति-पत्नीबीच विवाद बढ्नसक्ने देखिन्छ । सुख–सुविधाको वस्तुमा खर्च हुने देखिन्छ । मित्रजन एवम् आफन्तहरुले धोका दिन सक्छन्, तपाईंका कमजोरीमाथि टीका–टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको सम्भावना छ, संयमता अपनाउनु उचित होला । प्रेमको बन्धन भने कसिने योग छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ ।

कर्कट – बौद्धिक तथा कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । महत्वपूर्ण भौतिक सम्पत्ति जोड्ने अवसर जुर्न सक्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । आत्मीयजनसँग असमझदारी बढ्ने सम्भावना छ, ध्यान राख्नुहोला । निर्णायक क्षमतामा कमी आउला । प्रेमभाव वृद्धि हुनेछ भने यात्रा सार्थक रहनेछ ।

सिंह – आजको दिन खासै अनुकुल नरहन सक्छ । माता, पिता र सन्तानपक्षसँग विवाद तथा मतभेद हुनसक्छ । पढाइलेखाइका कार्यमा अवरोध आउने देखिन्छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ मिल्नेछ । मानसम्मानमा आघात पुग्न सक्छ, बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ ।

कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । जोखिम बढेपनि आर्थिक कार्यमा राम्रै फाइदाको योग छ । आजको दिन बलभन्दा बुद्धिको काममा जोड दिनु उचित होला । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । ग्रहको प्रवलताले शत्रुमाथि विजय प्राप्त हुनेछ । उद्योग-व्यापारमा विशेष फाइदा हुने देखिन्छ ।

तुला – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । विगतको श्रमबाट धनलाभ हुने योग छ । यात्रागत कार्य सार्थक रहला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आजको दिन विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । परिवारिक सुख बढ्नेछ ।

वृश्चिक – आजको दिन बाध्यतावश काममा खट्नुपर्ने देखिन्छ । दौडधुप तथा ब्यस्तता बढ्नेछ, उपलब्धि भने खासै प्राप्त हुने देखिँदैन । विगतको श्रमबाट धनलाभ भएपनि आजको दिन आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । साथीसंगीसँगको सम्बन्धमा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गका कारण अध्ययन-अध्यापनमा दखल पर्नसक्छ, संयमताको जरुरत छ । स्वास्थ्य पनि खासै सबल नरहला । रचनात्मक कार्यमा आंशिक प्रगति हुनेछ ।

धनु – केही चुनौतीयुक्त समय छ । आर्थिक कारोबारमा समस्या आउने देखिन्छ । स्वास्थ्य समस्याले सताउन सक्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । तथापि, अरुको विश्वास भने सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनेछ भने चुनौतीका बाबजुद जोश-जाँगर पनि कमी हुनेछैन । पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । मित्र एवम् आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

मकर – नियमित कार्यहरू थप सुचारु भएर जाने समय छ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । विवाहितहरुको दाम्पत्यजीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक सुखशान्ति रहला ।

कुम्भ – सफलता र असफलता मिश्रितरूपले अनुभूत हुने समय छ । धार्मिक कार्यमा मन नजाने, भाग्यले खासै साथ नदिने, विश्वासघात हुने सम्भावना प्रवल रहेकोले गोपनीयतामा एकदमै ध्यान दिनु उचित हुनेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सोसम्बन्धी कार्य सहज रूपले अघि बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । आरोग्यता रहनेछ ।

मीन – ब्यस्तता बढ्ने र परिश्रमअनुसारको परिणाम हासिल हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर जुर्ला । धन आर्जनको योग छ । महत्वपूर्ण कार्यमा आवश्यकताअनुसार लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना रहेकोले सजगतका साथ कार्य गर्नु हितकर हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।