✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २३ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख सोमबार आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र धृति योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा कुम्भ राशिमा १६ः२१ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ । प्रतिपदा श्राद्ध, शिक्षा तथा साक्षरता दिवस ।
आजको राशिफल
मेष – बौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दाम्पत्यसम्बन्धमा केही चिसोपन आउन सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने देखिन्छ । व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
वृष – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
कर्कट – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने देखिन्छ । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । सुख वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह – मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । प्रतिभाको कदर हुनेछ । रमाइलो भ्रमणमा सरिक होइएला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
कन्या – महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गोपनीयतामा विशेष ध्यान दिनसके महत्वपूर्ण काम सम्पन्न हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । व्यस्तता बढेपनि रसरागात्मक क्रियाकलाापमा आकर्षण बढ्नेछ ।
तुला – सुखदानुभूतिले पछ्याउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।
वृश्चिक – मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
धनु – स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्पर्धी पछि पर्नेछन् । आरोग्यबल बढ्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । सुख बढ्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।
मकर – केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । नियमित व्यवसायमा फाइदा नै हुनेछ । यात्रामा भने धनमाल हराउने योग छ, सावधानी अपनाउनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ ।
कुम्भ – दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहला ।
मीन – आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । तथापि, पराक्रममा कमी आउनेछैन । रोकिएको काम मिहनिेतले बन्नेछ । आरोग्यता रहला । प्रतिष्पर्धीले हार खानेछन् ।
प्रतिक्रिया