✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २४ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ९ तारिख मंगलबार आश्विन कृष्णपक्षको द्वितीया तिथि उत्तराभाद्रपद नक्षत्र शूल पर गण्ड योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१४ बजे हुनेछ । द्वितीया श्राद्ध ।
आजको राशिफल
मेष – शुभदायी समय छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग–व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनको साथ र मिष्ठान्न भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नेछन् । प्रयास गरे फसेको पैसा उठ्ने योग छ । साथीभाइले सहयोग गर्नेछन्, पराक्रम वृद्धि हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।
वृष – आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजना अघि बढाउने सवालमा कसैबाट राम्रो साथ–समर्थन पाइएला । बौद्धिक क्रियाकलापमा भने आज आंशिकमात्र सफलता मिल्ने देखिन्छ । शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यता रहला । साहसिक काममा आकर्षण रहनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिथुन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । तथापि, पढाइलेखाइ एवम् बौद्धिक क्रियाकलाप सुस्त रहने देखिन्छ । यात्रागत कार्यमा सोचेअनुसार सफलता मिल्न कठिन होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास कायम रहला । आरोग्यबल बढ्नेछ ।
कर्कट – चुनौतीयुक्त समय छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि आर्जित रकम फस्ने सम्भावना छ, कारोबारमा सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनसक्छ । अरूको मात्र भर पर्दा काममा धोका हुनसक्ने योग छ । कमाइ कम खर्च धेरै हुने देखिन्छ । सानो कुराले पनि अशान्ति र छटपटी बढाउन सक्छ । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ भने यात्रापरक काम बन्नेछ ।
सिंह – सकारात्मक तथा व्यवहारिक सोचको विकास हुने र रमाइलो तरिकाले कामहरु गर्न सकिने समय छ । व्यापार–व्यवसायबाट सन्तोषजनक लाभ मिल्ला । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । नियमित कार्य सहज र सामान्य रहनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा मन जाने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।
कन्या – सोचेको काम भने समयमा नै पूरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न तुल्याउने योग छ । तथापि, टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । सोचेको जति फाइदा नबने पनि आंशिक सफलता मिल्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नाले राहत मिल्नेछ ।
तुला – कामको बोझले थाकेको महसुस हुने समय छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । निकटका मित्रजन एवम् कुटुम्बका नातेदारको सल्ला–सहयोगको खाँचो महसूस होला । आजको दिन खर्च बढ्ने देखिन्छ, मितव्ययिता अपनाउनु हितकर होला । चुनौतीका बाबजुद आत्मविश्वास कायम रहनेछ ।
वृश्चिक – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । बन्द-व्यापारबाट लाभ मिल्नेछ । प्रेम प्रसङ्ग सुखद रहला । रसरागमा आकर्षण बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल मिल्नेछ । ब्यस्तता बढेपनि सुखद फल प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । आर्थिक पक्षमा सुधार आइ सन्तोषजनक रहला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको कामबाट विशेष लाभ होला । दाम्पत्यसुख बढ्नेछ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
मकर – आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने तथा धनलाभ हुनेछ, तर खर्च पनि केही वृद्धि होला । रोकिएको काम बन्नेछ । सामथ्र्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै मन नजाने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । आम्दानीमा कमी आउने तथा अनावश्यक ठाउँमा धन खर्च हुने देखिन्छ । अध्ययन–अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
मीन – अध्ययन-अध्यापन एवम् बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । तथापि, कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । कामको सिलसिलामा यात्राको योग छ । धेरैले बुद्धि–विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबरजस्तो होला । नियमित काममा मन जानेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया