आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०८२ बिहीबार, ११ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०८२ बिहीबार, ११ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २६ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख बिहीबार आश्विन कृष्ण पक्षको चतुर्थी तिथी अश्विनी नक्षत्र ध्रुव योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । चतुर्थीश्राद्ध ।

आजको राशिफल

मेष – जागिरको काममा खासै जाँगर नचले पनि कुनै नयाँ कामको स्रोत फेला पर्ने समय छ । व्यावसायिक यात्रा हुनसक्ने र यात्रा लाभदायी रहने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । नयाँ मित्रको आगमनले मन प्रशन्न रहला । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा लगाव बढ्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।

वृष – इर्ष्यालुजनको सक्रियाता बढ्ने देखिन्छ, आजको दिन नियमित कर्ममा केन्द्रित रही कार्य-व्यवहार गर्नु उचित हुनेछ । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले सतर्कताको दरकार छ । छरछिमेकमा विवाद वा झगडा हुनुबाट जोगिन प्रयत्न गर्नु हितकर हुनेछ । मनमा गलत विचार बढ्ने, महत्वपूर्ण कार्यमा समयमै निर्णय लिन नसकिने आवस्था आइपर्नसक्छ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

मिथुन – समय खासै राम्रो छैन । बाध्यतापूर्ण काममै दिन बित्न सक्छ । सजगता अपनाउन नसके ब्यापार-ब्यवसायमा घाटा ब्यहोर्नु पर्ला । अनावश्यक तथा नसोचेको ठाउँमा धन खर्च हुने योग छ । नियमित काममा खासै मन नजाला । गलत विचार बढ्नेछ । समयमा सहि निर्णय गर्न नसकिने अवस्थाको शिकार भइने देखिन्छ । आध्यात्मिक विषयमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट – अधुरा काम बनेर मन हर्षित हुने दिन छ । आश मारेको ठाउँबाट आर्थिक लाभ मिल्नुका साथै आम्दानी बढ्ने देखिन्छ । नियमित काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी वृद्धिका साथै नयाँ योजनाहरुको पनि सिर्जना हुने योग छ । परिश्रम र इमानदारीले अरुको विश्वास जित्न सकिएला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । स्वास्थ्य सबल रहला ।

सिंह – मिश्रित फलदायी समय छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ तर राजनीतिक उद्देश्य अधुरै रहला । नियमित कार्यमा अप्ठ्याराको सामना गर्नुपर्ने देखिन्छ । आज सोच्दैनसोचेको ठाउँमा धन जाने सम्भावना छ । स्वास्थ्यमा केही सुधार आएपनि शारीरिक कमजोरीले सताउने सम्भावना छ । खानपानमा पथ-परहेज अपनाउनु उचित हुनेछ । सुख–सुविधाको बस्तु खरिदमा खर्च भएपनि त्यो उपयोगी नै सावित हुनेछ ।

कन्या – दिन उत्साहवर्द्धक छ । काम गर्न जाँगर चल्नेछ भने आम्दानी बढ्न सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पुरा भइ धनलाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । आरोग्यबल वृद्धि होला । नियमकानुनले साथ दिनाले शत्रुपक्ष परास्त हुनेछ । खेलकूद एवम् भ्रमण कार्यमा आकर्षण बढ्नेछ । यात्रा सफल हुनेछ । दिन रमाइलो साथ बित्ने देखिन्छ ।

तुला – घरेलु समस्याले सताउने र नियमित कार्यमा पनि अवरोध आउनसक्ने समय छ, होसियारीपूर्वक काम गर्नुहोला । विशेष योजना गोप्य राख्नु उचित हुनेछ । आजको दिन यातायातका साधनबाट जोगिन सजग रहनु हितकर हुनेछ । बन्न लागेको पनि बिग्रन सक्ने योग छ । ब्यस्तताका साथै जोखिम बढ्ने देखिन्छ । कठोर मिहिनेतले काम बन्नेछ । समस्यमा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

वृश्चिक – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । नयाँ काममा भने समयमात्र बित्नसक्ने सम्भावना छ, नियमित कार्यलाई नै प्राथमिकता दिनु उचित हुनेछ । नोकरीमा आलश्य जाग्ने देखिन्छ, तर काम बिग्रिहाल्ने अवस्था आउनेछैन । व्यापारमा मिलेको सफलताले मन रमाउनेछ । धन आर्जनको अवसर जुर्ने योग छ । तर, खर्च पनि केही बढ्ने देखिन्छ । अर्काको काममा केही ब्यस्ता वृद्धि होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबल बढ्नेछ भने बोली र ब्यक्तित्वको प्रभाव वृद्धिले सजिलै काम बन्ने देखिन्छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्रागत कार्यको लागि राम्रो समय रहेको छ । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसँग भेटघाट पनि होला । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्यवृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मकर – बोलीकै भरमा काम बन्नसक्ने समय छ । तपाईंप्रति ठूला व्यक्तिको आशा-भरोसा रहनाले आत्मविश्वासमा बढोत्तरी हुने देखिन्छ । मान-सम्मान वृद्धिले सुखको अनुभुति होला । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्त एवम् मित्रजनको साथले कार्यगति बढ्नेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहला ।

कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् भने विचार तथा व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । आजको दिन ब्यापार–ब्यवसायबाट पनि राम्रो लाभ लिन सकिन्छ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै नियमित काममा जाँगर बढ्नेछ । नयाँ काम मिल्ने योग छ । पढाइलेखाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । मिठो भोजन प्राप्त होला । खर्च भने केही बढ्न सक्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । पारिवारिक समस्यामा समाधान मिल्नेछ ।

मीन – शुभदायी समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित रहला । पुराना साथीभाइसँगको भेटघाटले आशा–उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम हातपर्न सक्ने योग छ । प्रेमसम्बन्ध उत्साहजनक रहनाले मन प्रफुल्ल हुनेछ । सभा-समारोहमा मान मिल्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । बौद्धिकता तथा रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।