आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०८२ शनिबार, १३ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०८२ शनिबार, १३ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८२ भाद्र २८ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर १३ तारिख शनिबार आश्विन कृष्ण पक्षको सप्तमी तिथि कृतिका नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः९ मा हुनेछ । सप्तमीश्राद्ध ।

आजको राशिफल

मेष – नयाँ जिम्मेवारी हातपर्ने समय छ । आर्थिक पक्ष सबल हुने देखिन्छ । स्वास्थ्यमा केही समस्या देखापर्न सक्छ, ध्यान राख्नुहोला । परिवारमा पाहुनाको चाप बढ्ने र तिनको आवागमनमा ज्यादा समय दिनुपर्ने अवस्था निम्तने सम्भावना छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा मित्रजनको सहयोग प्राप्त हुनेछ । पराक्रमका साथ कार्यगति बढ्नेछ । अध्ययन–अध्यापनमा पनि राम्रै प्रगति हुने योग छ ।

वृष – चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने समय छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक सुखशांति बढ्नेछ ।

मिथुन – लाभदायी कार्ययोजना प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर-जग्गा तथा बन्धुबान्धवसँग चाहिँ असमझदारी बढ्ने योग छ । काममा स्थानान्तरण हुन सक्छ, यात्राको सम्भावना छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – दौडधुप बढ्ने र आफ्नो लागि भन्दा अरुको काममा ज्यादा समय दिनुपर्ने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुने देखिन्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयम राख्नुहोला । सवारी साधनको प्रयोगमा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

कन्या – ठूलाबडाको साथ, सहयोग र आशीर्वादले रोकिएको काम बन्नसक्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गर्न सक्छन्, सजग रही व्यवहार गर्नुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।

तुला – नियमित कार्यमा चाप बढ्ने दिन छ । पारिवारिक सहयोग प्राप्त होला । दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । व्यावसायिक ब्यस्तताका कारण प्रेम सम्बन्धमा पनि प्रभाव पर्ने सम्भावना छ । स्वास्थ्य अलिक कमजोर रहला । कतै टाढाको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

वृश्चिक – रोकिएको काम बन्ने तथा उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध बन्नेछ, जसबाट सम्भावनाका नयाँ ढोका खुल्न सक्छन् । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल नै रहने देखिन्छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दै हुनुहुन्छ भने राम्ररी मोलतोल गर्नु हितकर होला । आरोग्यबलका साथै सुख बढ्नेछ ।

धनु – सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने योग छ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।

मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । पराक्रम वृद्धिले नियमित कार्यमा जाँगर बढ्ला । सुख विलास बढ्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ – मिश्रित फलदायी दिन छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । कल्पना र भावनामा केन्दित भइने देखिन्छ । तथापि, नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शारीरिक स्फूर्ति बढ्ला । परिणाममुखी काममा लगानीको समय छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । चुनौतीका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।

मीन – पारिवारिक वातावरण खासै अनुकूल नरहेपनि पराक्रम र उत्साह बढ्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । प्रेमभाव बढ्नेछ । यात्रामा मिठो भोजन प्राप्त होला । चिताएको काममा आत्मविश्वासका कारण सफलता मिल्नेछ ।