✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र ३० गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख सोमबार आश्विन कृष्ण पक्षको अष्टमी तिथि ६ः३० पर नवमी तिथि मृगशिरा नक्षत्र ११ः४३ पर आद्र्रा नक्षत्र सिद्धि योग आनन्द करण आनन्दादिमा तैतिल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः७ मा हुनेछ । नवमी श्राद्ध, मातृनवमीश्राद्ध, जितियापर्व ।
आजको राशिफल
मेष – आजको दिन मिश्रित फलदायी रहला । महत्वपूर्ण काम अर्थअभावले रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिने योग छ, सजग रही व्यवहार गर्नुहोला । नियमित कार्यमा सहयोगीहरूले आज राम्रै साथ दिनेछन् । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सामाजिक क्रियाकलापमा मन आकर्षित रहला ।
वृष – लाभ हुने काम प्रारम्भ गर्न सकिने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट विशेष काम बनाउन सकिनेछ । काम र पदको आशा देखाउनेहरूसँग सजग रहनु हितकर हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । मनोकूलताको माहोल रहनाले हर्ष वृद्धि होला ।
मिथुन – कामका बाधाहरू बिस्तारै हट्नेछन् भने साथीभाइले काममा सहयोग जुटाउनुका साथै रोकिएको काम अघि बढ्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त होला । आमोदप्रमोदमा रमिरहने योग छ ।
कर्कट – मुख्य काममा बाधा हुने तर विलासितामा धन खर्च हुने समय छ । स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । सानातिना घरेलु काममै अल्झनुपर्दा असन्तुष्टि बढ्न सक्छ । भौतिक साधन बिग्रनाले लक्ष्यप्राप्तिमा बाधा पर्ने देखिन्छ । बोलीको प्रभाव भने बढ्नेछ । समस्यामा आफन्तजनले हात दिनेछन् ।
सिंह – रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनसक्ने दिन छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । सबल स्वास्थ्यका लागि विशेष ख्याल राख्नुपर्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कन्या – केही चुनौतीयुक्त समय छ । कुनै अवसर प्राप्त भए पनि आलोचक वा विरोधिपक्षको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूतिले नियमित कार्यमै असर गर्नसक्छ । समयमा काम पूरा नहुनाले राम्रो अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा विशेष सावधानीको दरकार छ । सन्तान पक्षबाट सुख-सन्तोष बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय परिवारजनमा असमझदारी बढ्नाले महत्वपूर्ण काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । काम बिग्रने डरले सताइरहला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, बेसुरमा जथाभावी वचन दिनाले दुःख पाइने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मित्रजनका साथ जमघटमा सरिक हुने अवसरको योग छ ।
वृश्चिक – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने र कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने दिन छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले बाध्यताका काममा ध्यान नदिनु उचित हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला, तथापि, मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै सन्तानपक्षबाट सुख मिल्नेछ ।
धनु – पराक्रम वृद्धिका कारण सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय दन छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्त एवम् मित्रजनको सञ्जालबाट विशेष फाइदा लिन सकिनेछ । अध्ययन-अध्यापन कार्यमा पनि प्रगति हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । जटिल ठानेको काम सजिलै बन्नाले उत्साह जाग्नेछ ।
मकर – आजको दिन केही महत्वपूर्ण अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आर्थिक लेनदेनका कार्य आज सकभर नगरेकै राम्रे होला । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेले झुक्याउने प्रयत्न गरेपनि कर्मबल र कार्यगति ।
कुम्भ – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने देखिन्छ । पुराना सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्ने योग छ । अवसर आए पनि नयाँ काममा हात नहाल्नु उचित हुनेछ ।
मीन – जटिल ठानिएको कार्य पनि हिम्मतले बनाउन सकिने समय छ । गुमेको प्रतिष्ठा स्वप्रयत्न तथा लगनशीलताले पुनःस्थापित गर्न सकिएला । अध्ययन-अध्यापन तथा लेखनसम्बन्धी कार्यमा समय दिन नसकिएला, तर बौद्धिक क्रियाकलापमा अब्बल रहिनेछ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, आफ्नै प्रयत्न ज्यादा फलदायी रहने योग छ । वित्तदि लाभका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया