✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन २ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर १८ तारिख गुरूबार आश्विन कृष्णपक्षको द्वादशी तिथि पुष्य नक्षत्र ९ः२ पर अश्लेषा नक्षत्र शिव योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः३ बजे हुनेछ । द्वादशी श्राद्ध ।
आजको राशिफल
मेष – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ, नियमित कार्यमा समस्या आउन सक्छ । मान-सम्मानमा कमी हुनेछैन, तर मनमा त्यसै-त्यसै आशङ्काको भाव पैदा हुनसक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धीहरू प्रवल बनेर देखापर्न सक्छन् । नोकरीमा केही समस्या देखापर्ने सम्भावना छ, ध्यान राख्नुहोला । चुनौतीका बाबजुद दायित्व निर्वाहमा सफलता नै मिल्नेछ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ ।
वृष – शुभदायी एवम् सफलताकारक समय छ । अधुरा काम बन्ने तथा नयाँ काम प्रािप्तको योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ, तर अध्ययन-अध्यापनमा खासै जाँगर नचल्ने देखिन्छ । अर्थलाभसँग सम्बन्धित कार्यमा गरिएका प्रयास सार्थक रहनेछ । यात्रागत कार्य केही कठिन भएपनि अन्ततः सफलतादायी सावित होला । नजिकका साथीभाइको सहयोग मिल्नाले कार्यगति बढ्नेछ ।
मिथुन – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।
कर्कट – आजको दिन नियमित कार्यहरू रमाइलो तरिकाले गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो रहनु उचित होला । रोकिएका कामहरु पनि सजिलै अघि बढ्नेछन् भने पराक्रम वृद्धि हुनेछ । सकारात्मक परिणामका लागि व्यस्तता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । सुख-सुविधाको बस्तुमा खर्च हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
सिंह – शुभदायी दिन छ । नवीन रोजगारीको सम्भावना छ । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । यात्रागत कार्यमा सफलताका लागि विशेष सजगता अपनाइ काम गर्नुपर्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।
कन्या – सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने समय रहेकोले आजको दिन विशेष सजग रही कार्य-व्यवहार गर्नुहोला । खर्च वृद्धि हुनसक्छ, नियन्त्रणका लागि प्रयास गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । काममा अरुको कम भर पर्नु उचित हुनेछ । सवारीसाधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
तुला – दिगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नोकरी तथा समाजसेवामा गरेका प्रयासहरु प्रशंसादायी रहनेछन् । विरोधिजनले पनि तारिफ गर्ने देखिन्छ । नयाँ कामको लागि नयाँ अवसर आउने योग छ । आरोग्यबल बढ्नेछ । सुख-आनन्द बढ्ला । साझेदारीको काममा सफलता मिल्नेछ । सामाजिक कार्यमा यश-वर्चश्व बढ्नेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर नसेचेको स्थानबाट स्थानबाट धन आर्जन हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउला । पढाइलेखाइमा मन जानेछ भने समस्याको बेला सही निर्णय गर्न सकिनेछ । दौडधुप र जोखिम केही बढेपनि समस्या नै निम्तने देखिन्न । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
धनु – शुभदायी समय छ । विशेष कार्यमा मिलेको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभको योग छ । प्रेमको प्रसंग सुखद रहला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह देखापर्ने छ । मित्रजनबाट महत्वपूर्ण काममा साथ-समर्थन पाइनेछ । प्रगतिको दर बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मकर – जाँगर र इच्छाका विपरीत बाध्यताका काममा जुट्नुपर्ने समय छ । स्वास्थ्य केही कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी गर्दै हुनुहन्छ भने आज थाती राख्नु हितकर हुनेछ । मिठो भोजन प्राप्तिको योग भएपनि खानपानमा विशेष सचेत रहनुपर्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पारिवारिक सुखशान्ति वृद्धि हुने समय छ । तर, नयाँ योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने सोचेअनुसार काम बन्न कठिन छ । नयाँ वस्त्र, मीठो खानाको आनन्द मिल्ने योग छ । खर्च भने केही वृद्धि हुने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सबल स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । मित्रजन सहयोगी बनेर देखापर्ने छन् ।
मीन – भाग्योदयको समय रहेको छ । साहसिक काममा आकर्षण रहनुका साथै कार्य-व्यापारमा सफलता प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट केही लाभ मिल्ने सम्भावना छ । आयआर्जन सन्तोषजनक रहनाले पारिवारिक आवश्यकता पूर्ति होला । आरोग्यबल बढ्नेछ ।
प्रतिक्रिया