आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८२ शनिबार, २० सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८२ शनिबार, २० सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन ४ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २० तारिख शनिबार आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि मघा नक्षत्र ९ः१७ पर पूर्वाफाल्गुणी नक्षत्र साध्य योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः१ बजे हुनेछ । विष-शस्त्रादिबाट निधन भएकाको विश्वेदेवसहित एकोदिष्ट चतुर्दशी श्राद्ध ।

आजको राशिफल

मेष – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा विशेष सक्रियता बढ्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने जस्तोसुकै समस्याको समाधान निकाल्न सकिनेछ । तथापि, सानातिना काम समस्यामै अल्झनुपर्ने देखिन्छ । मेहनतअनुसारको फल नपाइने योग रहेकोले धैर्यको दरकार छ । आफन्त एवम् मित्रजनको सहयोगले उत्साह बढ्नेछ । आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ ।

वृष – दैनिक कार्यमा ढिलासुस्ती भएपनि सोचेका काम सजिलैसँग पूरा गर्न सकिने समय छ । आजको दिन जग्गाजमिनको कारोबार गर्दा असल हुने देखिन्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पढाइलेखाइमा राम्रो हुनेछ । लाभदायी यात्रासमेत हुन सक्छ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मिथुन – लामो समयदेखि रोकिएका काम बन्दैजाने समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । धनलाभ हुने देखिन्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । सवारी साधनको विशेष आनन्द लिन पाइएला । दाम्पत्यसुख बढ्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सफल हुनेछ ।

कर्कट – नियमित कर्ममा खासै मन नजाने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले अनावश्यक समस्या बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हतियार र सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने दिन छ । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता हातपर्ला । आकस्मिक तवरले धनलाभको योग छ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । खर्च वृद्धि भएपनि फजुलमा जानेछैन । मिठो भोजन प्राप्त हुनेछ । यश-वर्चश्व बढ्नेछ ।

कन्या – मिश्रित फलदायी दिन छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नसोचेका समस्या देखिन सक्छन्, मित्रजनको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

तुला – साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजको दिन खर्च भने बढ्न सक्छ । आर्थिक लेनदेन नगर्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

वृश्चिक – अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज शुभदायी होला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । रोकिएको काममा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आजको दिन खासै सुखदायी नरहला । धेरजसो समय सानातिना काममै अल्झनुपर्नेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ । कसैसँग विवाद वा झगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । कामको बोझले थाकेको महसुस भएपनि प्रेमभाव बढ्नेछ । घर-गृहस्थीमा समस्या आएपनि समस्याको समाधान हुनेछ ।

मकर – रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मान-सम्मान, प्रतिष्ठा र साहस बढ्नेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । साथीभाइले हरक्षण साथ दिनेछन् भने मातापिताको विशेष आशीर्वाद मिल्नेछ । खेलकूद, भ्रमण र मिष्ठान्न भोजनमा आकर्षण रहला ।

कुम्भ – नयाँ काममा हात हाल्ने समय आएको छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइएला । समाजसेवाका कार्यबाट प्रशंसाा मिल्नेछ । अन्य विविध लाभ हुनुका साथै विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन – ब्यस्तता वृद्धिका साथ धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । सन्तानपक्षबाट सुख-सन्तोष प्राप्त हुने समय छ । सम्पन्न गरिसकेको कामपनि प्रक्रिया नमिल्नाले पुनः गर्नुपर्ने स्थिति आउन सक्छ, सचेत रहनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुने सम्भावना छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनु उचित होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।