आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०८२ सोमबार, २२ सेप्टेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०८२ सोमबार, २२ सेप्टेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन ६ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर २२ सोमबार आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि उत्तरा फाल्गुनी नक्षत्र ११ः२९ पर हस्ता नक्षत्र शुक्ल योग किंस्तुघ्न करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ । घटस्थापना, दुर्गावाहनम् समय बिहान ९–१० बजे बीच शुभबेला ।

आजको राशिफल

मेष – दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर काम बोझिला काम या जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउने योग छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्ला । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

वृष – मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिएला । खर्च केही बढेपनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने योग छ । आम्दानी र आनन्द बढ्नेछ । आरोग्यता रहला । मित्रजनको सहयोगबाट रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

मिथुन – अलिक प्रतिष्पर्धा गर्नुपरेपनि कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रै फाइदा होला । शुभचिन्तकहरूले साथ दिनाले आँटेका काम पूरा हुनेछन् । दिनेछन् । विशेष योजना कार्यान्वयनमा केही चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । कोसिस गर्दा विजयको अवसर जुर्नेछ । आरोग्यबल बढ्नेछ ।

कर्कट – सामाजिक प्रतिष्ठा मिल्ने र गरेका कामको प्रशंसा हुने समय छ । आफन्तसुख बढ्ने एवम् बौद्धिक तथ रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ । तथापि, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिएर समस्या उत्पन्न गर्न सक्छन् । विशेष गरी बोली र व्यवहारमा लगाम लगाउन सके आजको दिन सफलताकारी रहने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

सिंह – सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनसक्ने समय छ । व्यापार–व्यवसायमा पनि फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । कृषि तथा पशुपालनमा विशेष अवसरले पछ्याउने योग छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम अघि बढ्ला । यात्रा सफल र सार्थक रहनेछ । इष्टमित्रको साथ–सहयोग मिल्नेछ ।

कन्या – चुनौतीयुक्त दिन छ । ब्यर्थको भेटघाटमा अल्मलिनाले कामलाई बाधा पुग्ने सम्भावना छ । घरायसी समस्याले पनि सताउला । आकस्मिक खर्च बढ्नेछ भने अर्थ अभावका कारण बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ, ख्याल राख्नुहोला । कामको चाप पनि बढ्ने देखिन्छ । तर, समस्यामा आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ

तुला – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । तथापि, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । प्रतिकुलतामा पनि आत्मविश्वास कायम रहनाले सफलता र विजयले पछ्याउनेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुने योग छ ।

वृश्चिक – आँटेका काम मुस्किलले मात्र बन्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । आर्थिक अभावले काम रोकिन सक्छ । भौतिक साधनको क्षति हुने योग छ । पठनपाठनमा खासै ध्यान दिन सकिनेछैन । नियमित काममा पनि केही चुनौती देखापर्नेछन् । खेलकुद, भ्रमणादिमा आकर्षण बढ्नेछ । खर्च वृद्धि हुने योग रहेकोले योजना र बजेट बनाएर मात्र आर्थिक व्यवहार गर्नुहोला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आजको दिन दीगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नेछन् भने श्रमको उचित मूल्य प्राप्त हुने देखिन्छ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउने सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । आज खर्च भने केही बढ्ने सम्भावना छ । रसरागमा आकर्षण र दाम्पत्यसुख बढ्नेछ ।

मकर – समय केही चुनौतीयुक्त रहने देखिन्छ । अरूका काममा समय खर्चनुपर्ला । हतारको निर्णयले परिणाममा धोका दिन सक्छ, संयमताको दरकार छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । स्वास्थ्यगत प्रतिकुलताका बाबजुद काममा परिस्थितिले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले पराक्रम वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – रोकिएको काम बन्ने र व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । सहयोगीहरूले साथ र हौसला दिनेछन् भने प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यावसायिक कामका लागि टाढाको यात्रा हुने सम्भावना छ । खर्चमा केही बढोत्तरी हुनसक्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर जुर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा हुनसक्ने र व्यवसायबाट सोचेअनुसार लाभ मिल्ने देखिन्छ । बोली र व्यवहारको माध्यमबाट अरूको मन जितेर अवसर हात पार्न सकिने योग छ । आयआर्जनको दृष्टिले राम्रो दिन भएपनि आज चोटपटकको भय हुनाले सावधानी अपनाउनुहोला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।