एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने


दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ ।

यही अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की र अरुण महतो सहभागी हुँदैछन् ।

त्यसैगरी रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रञ्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राकेश बज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दीपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी छन् ।