लागुऔषध गाँजा जस्तो देखिने बस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो २९५ ग्रामसहित पक्राउ परेका तीन जनालाई प्रहरीले शनिबार (८ कात्तिक) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका केन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको थियो ।
एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका हरगोविन्द र समिरलाई तीन किलो ५४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका सम्पदलाई तीन किलो ६५५ ग्राम उक्त बस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिले बताएका छन् ।
प्रतिक्रिया