नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस


नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबार (९ कात्तिक) बसेको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभि नारायण काफ्ले रहेका छन् ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम पाँच एसएसपीलाई बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीले जानकारी दिएका छन् ।