नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार (१८ कात्तिक) भेटवार्ता भएको छ ।
अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै उनले एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार आएको जिकिर गरे ।
नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको दाबी गर्दै बस्नेतले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किंदा हुनसक्ने कानुनी जटिलताका बारेमा जानकारसँग छलफल चलिरहेको बताए ।
प्रतिक्रिया