९२ वर्ष उमेरमा क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण
विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार (नोभेम्बर ७) आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस वर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन र दमनपछि ५३.७ प्रतिशत मत प्राप्त गरी उनी विजयी बनेका थिए ।
विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गरेका थिए ।
मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सातवर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबचि उनले शपथ ग्रहण गरेका हुन् ।
‘म यो विश्वासको योग्य बन्न कुनै कसर बाँकी राख्ने छैन’- बियाले स्थानीय राजनीतिक व्यक्तित्वहरू उपस्थित भएको भेलालाई सम्बोधन गर्दै शपथ ग्रहण कार्यक्रमपछि भने।
उनले भने, ‘हाम्रो देशले भोगिरहेको अवस्थाको गम्भीरता म पूर्ण रूपमा बुझ्छु । हामीले सामना गर्ने चुनौतीहरूको सङ्ख्या र गम्भीरता म बुझ्छु र निराशाको गहिराइ र अपेक्षाहरूको मात्रा म बुझ्छु।’
बियाका पूर्वसहयोगीबाट विपक्षी व्यक्ति बनेका टिचिरोमाले परिवर्तनको लागि उत्सुक युवा मतदाताहरूमा अप्रत्याशित उत्साह जगाएका थिए र उनले मतदानबाट आफू वास्तविक विजेता भएकोमा जोड दिए ।
उनले सामाजिक सञ्जालमा लेखे, ‘अब देशमा दुई राष्ट्रपतिहरू छन् । क्यामेरोनियाली जनताद्वारा निर्वाचित राष्ट्रपति (म) र संवैधानिक परिषद्द्वारा नियुक्त राष्ट्रपति (बिया)।’
उनले बारम्बार समर्थकहरूलाई घोषित नतिजाहरूको विरोध गर्न आग्रह गरेका छन् ।
ज्ञातव्य छ, अक्टोबर २७ मा बियाको जितको घोषणा हुनुभन्दा ठीक अघि र पछि सुरक्षा बलहरूले विपक्षी जुलुसहरूलाई दबाउँदा धेरै मानिसहरूको मृत्यु भएको थियो ।
प्रतिक्रिया