आफूलाई स्थान हद नतोक्न र प्रदर्शनमा रोक नलगाउन केपी ओलीको आग्रह

आफूलाई स्थान हद नतोक्न र प्रदर्शनमा रोक नलगाउन केपी ओलीको आग्रह


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे । प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाइ थियो ।

‘हामी कुनै घुसपैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यसकारण हामीविरुद्ध सरकारले संविधानविपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन’- अध्यक्ष ओलीले भनेका छन् । उनले उद्योगीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गरे । आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

photo: rss