मधेसकेन्द्रित दलका नेताहरु आश्चर्यचकित !
मधेश प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले)का सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेशप्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान साढेपाँच बजे यादवलाई मुख्यमन्त्री पदको शपथ गराइएको बुझिएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी बिरामी भएको बहाना बनाएर बिहान चार बजे जनकपुरबाट काठमाडौ प्रस्थान गरेकी थिइन्, तर बर्दिवासको पानस होटलमा छापामार शैलीमा एमाले संसदीय दलका नेता यादवलाई उनले शपथ ग्रहण गराएपछि मधेसकेन्द्रित दलका नेताहरु आश्चर्यचकित बनेका छन् ।
प्रतिक्रिया