रामकुमारी झाँक्रीसहितका नेता-कार्यकर्ता एमालेमा फर्किए

रामकुमारी झाँक्रीसहितका नेता-कार्यकर्ता एमालेमा फर्किए


एमालेको घर फर्क राष्ट्रिय अभियानअन्तर्गत सोमबार (२४ कात्तिक) तत्कालिक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे ।

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताए ।

एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । सोही आह्वानअनुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।