नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गरिएको छ । सोमबार (२४ कात्तिक) साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
वि.सं. २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका कार्की २०८४ चैत अर्थात् आगामी २८ महिनासम्म प्रहरी महानिरीक्षकमा बहाल रहनेछन् ।
हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की एआइजी वरीयताको पहिलो नम्बरमा थिए । उनी प्रहरी संगठनमा निर्भिक एवम् क्षमतावान अफिसरका रूपमा चिनिन्छन् ।
प्रहरी महानिरीक्षकका लागि कार्कीसहित एआईजीहरू डा. मनोज केसी, सिद्धिविक्रम शाह र राजन अधिकारी पनि प्रतिस्पर्धामा थिए ।
ज्ञातव्य छ, वर्तमान आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे पदावधिका कारण यही कात्तिक २७ गतेदेखि अवकाशमा जाँदैछन् ।
प्रतिक्रिया