भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार (१० नेभेम्बर) साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य एक दर्जन भन्दा बढी ब्यक्ति घाइते भएका छन् ।
भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन् । उनले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाइ आई २० कारमा विस्फोट भएको, केही पैदल यात्रीहरू घाइते भएका र केही सवारी साधनमा क्षति पुगेको बताएका छन् ।
राष्ट्रिय राजधानीको लालकिल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।
स्थानीय लोकनायक जयप्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याइपुऱ्याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य केहीको उपचार भइरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया