राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाएका छन् ।
‘नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ, यससम्बन्धमा आजै विज्ञप्तिमार्फत जानकारी गराइनेछ’, नेता परियारले भनेका छन् ।
यसअघि उनले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गरेका थिए । नयाँ शक्तिका नेतृ भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गरेकी छन् ।
प्रतिक्रिया