विश्वप्रकाशले यसरी दर्शाए नयाँ परिवेशमा कांग्रेसले अवलम्बन गर्नुपर्ने बाटो

विश्वप्रकाशले यसरी दर्शाए नयाँ परिवेशमा कांग्रेसले अवलम्बन गर्नुपर्ने बाटो


देशमा फेरि पनि रगत बग्यो, अवोध युवाहरु मारिए, करोडौं मन जले, खर्बौंका धन जले, सबैभन्दो ठूलो विश्वास जल्यो । यस्तो बेला कांग्रेसको नेतृत्वमा रहेका हामीले आफैंले आफूलाई सोध्नुपर्ने दुई यक्ष प्रश्न छन्-

१. नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र समयमै सम्बोधन गर्न किन सकेनौँ ?
२. यो परिघटनापछि परिस्थितिलाई सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान बस्तुगत आत्मसमीक्षा र इमानदार आत्मआलोचना गर्दै हामी नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न सक्छौँ कि सक्दैनौँ ? देशमा यस्तो स्थिति भविष्यमा दोहोरिन नदिन दूरगामी सोच र विश्वसनीय मार्गचित्र हामी देशसमक्ष पस्किन सक्छौँ कि सक्दैनौँ ?

प्रस्तुत संगीन सवाल उठाउने पात्र हुन्- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । अकल्पनीय जेनजी विद्रोह र त्यसको आडमा गरिएको रहश्यपूर्ण विध्वंशका कारण मुलुक थिलथिलो बन्नुका साथै घोर अन्योलमा परिरहेको परिवेशमा प्रखर नेता शर्माले प्रश्न मात्र उठाएका नभइ मूलतः नेपाली कांग्रेस जस्तो प्रमुख दलले अब कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषय पनि बुँदागत रुपमा पस्किएका छन् । वर्तमान चुनौती चिर्न पार्टीको रिफर्मसहित एकता अनि एकतामार्फत् पुरानो भावनाको कांग्रेस, नयाँ सम्भावनाको कांग्रेस बलियो ढंगले स्थापना गर्नुपर्ने उनको धारणा छ । बदलिएको र बलियो कांग्रेस अहिले कांग्रेसका लागि भन्दा पनि लेशको लागि जरुरी भएको उनको तर्क छ ।

यस्तो छ नेता विश्वप्रकाश शर्माद्वारा ‘जलेको विश्वास जगाऔं समाजमा’ शीर्षकमा अघिसारिएको प्रस्ताव-