समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै ‘जसपा नेपाल’मा !

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै ‘जसपा नेपाल’मा !


अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन् ।

शनिबार (२९ कात्तिक) भैरहवा (रुपन्देही)मा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरे ।

कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य विद्याप्रसाद यादवले जानकारी दिए ।