✍ राजेश ढुंगाना
मैले
हाँस्न नचाहेको कारण
स्वयम् ओठलाई ओठमा
सदैव
हाँसिरहने
बनाउनलाई हो
र
तिमी पत्याउ-नपत्याउ
मैले अहिले
यसबेला पनि
आँखाभित्र-भित्रै
आँशु पिएर सम्पूर्णमा
नदेखिने गरी
ओठको सट्टा
आँखाहरूलाई हाँस्न दिएको छु – ओठलाई हँसाउन !
मैले
हाँस्न नचाहेको कारण
स्वयम् ओठलाई ओठमा
सदैव
हाँसिरहने
बनाउनलाई हो
र
तिमी पत्याउ-नपत्याउ
मैले अहिले
यसबेला पनि
आँखाभित्र-भित्रै
आँशु पिएर सम्पूर्णमा
नदेखिने गरी
ओठको सट्टा
आँखाहरूलाई हाँस्न दिएको छु – ओठलाई हँसाउन !
प्रतिक्रिया