हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई गएराति भक्तपुरस्थित उनकै घरबाट जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
विभिन्न माग अघिसार्दै प्रसाईंले यही मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको तयारी गरिरहेका थिए ।
उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया