प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।
विघटित प्रतिनिधिसभामा रहेका एमालेका संसदहरूको मंगलबार (२ मंसिर) बसेको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । निवेदन दर्ताका लागि उनै बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया