घोषित निर्वाचनलगायत सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

घोषित निर्वाचनलगायत सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री


प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज (३ मङ्सिर) विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छिन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ भने पछिल्लो समय निर्वाचनको माहोल बन्दै गएको सरकारको दाबी छ । तर, नेकपा (एमाले)ले चाहिँ संसद् पुनःस्थापना हुनुपर्ने धारणा अघिसारेको छ । संसद् पुनर्स्थापनाका लागि अदालत गुहार्नेदेखि सडकमै उत्रनेसम्मको तयारी सो पार्टीले गरेको छ ।