प्रधानमन्त्रीद्वारा अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जवाफ माग

प्रधानमन्त्रीद्वारा अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जवाफ माग


अदालतको अवहेलना गरेको भनी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमामाथि आदेश गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

आइतबार (७ मंसिर) न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश गरेको हो ।

विभिन्न मुलुकबाट राजदूतहरुलाई फिर्ता बोलाइएकोमा वर्तमान सरकारले त्यसरी फिर्ता बोलाउन नसक्ने आदेश भएकोमा सोको पालना नगरी उनीहरुलाई पुनः फिर्ता बोलाएर मन्त्रालयमा हाजिर गराइएको सन्दर्भलाई अदालतको आदेशको अवहेलना गरेको भन्दै सर्वोच्चमा दुई थान निवेदन दर्ता भएको थियो ।