पौडेललाई कसैले रोक्न सक्दैन- प्रकाशमान सिंह

पौडेललाई कसैले रोक्न सक्दैन- प्रकाशमान सिंह


नेपाली काङ्ग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता प्रकाशमान सिंह नेपाली राजनीतिमा चर्चाका पात्र हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहका पुत्र सिंह अहिले काङ्ग्रेसको राजनीतिमा समेत निकै बलियो मानिनुहुन्छ । खासगरी संसदीय दलको चुनावमा देउवा क्याम्प छाडेपछि उहाँ उपनेतासमेत बन्नुभयो । पार्टीमा इमानदार र खरो छवि बनाएका सिंह अहिले संसदीय दलको नेता नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने लाइनको वकालत गरिरहनुभएको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
० काङ्ग्रेसमा त प्रधानमन्त्रीका लागि लफडा भयो नि ?
– काङ्ग्रेस केन्द्रीय समितिमा यसबारे सामान्य छलफल त भएको हो । तर, काङ्ग्रेसमा त्यस्तो ठूलो विवाद छैन ।
० काङ्ग्रेसले सरकारको नेतृत्व लिने अवस्था आए प्रधानमन्त्री को बन्छ त ?
– काङ्ग्रेसले नयाँ सरकारको नेतृत्व गर्ने अवस्थामा रामचन्द्र पौडेलको विकल्प छैन । पार्टी संसदीय दलको नेताका हिसाबमा पौडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन ।
० राष्ट्रिय सहमति नभई काङ्ग्रेसले मात्र निर्णय गरेर पौडेल प्रधानमन्त्री बन्नुहोला ?
– पार्टीको विधि, विधान, प्रक्रिया र पद्धतिबाहिर गएर प्रधानमन्त्री चयन हुन सक्दैन । काङ्ग्रेस केन्द्रीय समितिको चार दिनसम्म चलेको बैठकको निष्कर्ष नै संसदीय दलका नेतालाई सर्वसम्मत प्रधानमन्त्रीका रूपमा अघि सार्ने हो । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको भावना पनि त्यही थियो । विधानअनुसार संसदीय दलको नेता नै सरकारको नेता हो । उसको विकल्प छैन ।
० वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सभासद्ले त छुट्टै भेला गरे नि ?
– देउवा पक्षका सभासद्ले त्यसरी छुट्टै भेला गर्नुको कुनै औचित्य छैन । त्यस्ता भेला गरेर पार्टीलाई विखण्डन र कमजोर गराउनुहुँदैन । पार्टी एउटै भएपछि त्यसरी नछुट्याएको भए राम्रो हुन्थ्यो ।
० पार्टी एकीकरणका भावनालाई लत्याइयो भन्छन् नि ?
– ६०-४० को मोडल अब पुरानो भइसक्यो । त्यो पार्टी एकीकरणको अवधिभरका लागि मात्र हो । पार्टी संसदीय दलको चुनावमा त्यो भङ्ग भइसक्यो । अब पार्टी एक भइसक्यो ।
० काङ्ग्रेसमा नेतृत्वको झगडा चर्कंदा माओवादीलाई नै सत्ता दिनुपर्ने अवस्था आउँदैन ?
– अहिले माओवादीको नेतृत्वमा सरकार बन्नै सक्दैन । अहिलेसम्म शिविरका लडाकु सरकारको पूर्ण नियन्त्रणमा आएका छैनन् । वाईसीएलको अर्धसैनिक संरचना भङ्ग भएको छैन र कब्जा घरजग्गा फिर्ता गरिएको छैन । पूर्ण नागरिक पार्टी नभएसम्म माओवादीलाई सरकारको नेतृत्व दिन सकिँदैन ।
० भनेपछि तीनबुँदे सहमतिको औचित्य अब सकियो ?
– त्यसको औचित्य सकिएको छैन । तर, माओवादीले शान्ति र संविधानको कार्यतालिकामा सहमत हुने हो भने प्रधानमन्त्रीको राजीनामा आउँछ र नयाँ सरकार बन्ने मार्गप्रशस्त हुन्छ ।
० प्रधानमन्त्रीको झगडाले पार्टी विभाजन हुने स्थिति पनि छ भन्छन् नि ?
– अब काङ्ग्रेस एक भइसक्यो । काङ्ग्रेसकै नेतृत्व नभई सबै समस्या समाधान नहुने त स्पष्टै भइसक्यो नि । जनतालाई शान्ति, स्थिरता र आर्थिक विकास पनि काङ्ग्रेसले नै दिन सक्छ ।
० पार्टी महाधिवेशनमा तपाईं कसलाई समर्थन गर्नुहुन्छ ?
– म जहिले पनि विधि, प्रक्रिया र पद्धतिको पक्षमा छु । पार्टीमा संस्थागत निर्णय गर्न थालेकाले सुशील कोइरालाको प्रशंसा पनि गर्दछु । तर, उम्मेदवारको बारेमा अहिले सोचेको छैन ।
० महाधिवेशनपछि पनि काङ्ग्रेस एकढिक्का हुन्छ त ?
– यो हाम्रो एकता महाधिवेशन हो । यसपछि काङ्ग्रेसमा रक्तसञ्चार हुन्छ । गाउँदेखि केन्द्रसम्मका काङ्ग्रेसको भावना यही छ । अब पदका लागि पार्टी फुटाउने काम कसैले गर्नुहुँदैन र गर्न सक्दैन पनि ।

क्यान्सर र एचआईभीसमेत निको पार्छौं
डा. हेनिम्यानद्वारा पत्ता लगाइएको उपचार पद्धति नै होमियाप्याथिक चिकित्सा हो । यस उपचार पद्धतिबाट मानवमा लाग्ने अनेकौँ रोगहरूको सफल उपचार भएको तथ्य पाइन्छ । यसै विषयमा जानकारी लिन नेपालको एकमात्र पशुपति होमियोप्याथिक अस्पतालका वरिष्ठ चिकित्सा अधिकृत डा. अमितकुमार गुप्तसँग गरिएको कुराकानी :
० होमियोप्याथिक चिकित्सा प्रणाली भनेको के हो ?
– डा. हेनिम्यानले पत्ता लगाउनुभएको उपचार पद्धति हो यो । यो पद्धति अत्यन्तै प्राकृतिक छ । र साइडइफेक्ट छैन । जस्तो कि पारासिटामोलले किट्नी ड्यामेज गर्न सक्छ तर ज्वरो घटाउने दिइने होमियोप्याथिक औषधिले कुनै साइडइफेक्ट नगर्ने ग्यारेन्टी छ ।
० कुन-कुन रोगको उपचार हुन्छ त ?
-लगभग सबै (क्यान्सरको समेत) रोगहरूको उपचार हुन्छ ।
० उपचार हुन्छ त भन्नुभो, ग्यारेन्टी पनि छ कि ?
– पहिलो कुरा बिरामीलाई उपचार चाहिएको हुन्छ । निको भए भैगो नि ग्यारेन्टी-वारेन्टी जरुरी विषय होइन ।
० कुन-कुन क्यान्सर निको हुन्छ नि ?
-प्राथमिक स्टेजको सफल उपचार भएको प्रसस्तै उदाहरण छन् । जस्तै महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सर, महिलाजन्य रोग (स्त्री रोग) मा त यो चिकित्सा अत्यन्तै सफल छ ।
० पेटको रोगलाई चाहिँ के गर्छ यसले ?
– पेटको रोगको त सबैभन्दा राम्रो उपचार हुन्छ । पुरानो ग्याष्ट्रिक, अल्सर, पाइल्सकालगायत पुरानो आऊँरगत सजिलै निको हुन्छ तर मुखचाहिँ बार्नुपर्ने हुन्छ ।
० मुख बार्दा के-के कुरा बार्नुपर्ला ?
पुरानो अचार, अमिलो, पिरो, चिल्लो, तारेको खाद्य पदार्थ बजत गर्नुपर्छ ।
० महिलाको पाठेघरको ट्युमर निको हुन्छ कि हुँदैन नि ?
– अवश्य निको हुन्छ । पाठेघरको ट्युमर निको भएर प्रेग्नेन्ट हुन सफल भएको उदाहरण पनि हामीसँग छ
० कस्तो-कस्तो मुटुरोगको कस्तो उपचार छ त ?
– मुटुको भल्भ जाम खोल्ने, धड्कन अति बढी भए त्यसलाई ठीक गर्ने, कोलेस्ट्रोल आदि लगायत सबै खालको उपचार हुन्छ ।
० मिर्गौला रोग, मूत्ररोगमा कस्तो भूमिका खेल्छ यसले ?
– यतिसम्म कि मिर्गाैला पूरै बिग्रन १० प्रतिशत मात्र बाँकी छ भने पनि रिकभर हुन्छ । पत्थरी त गलाएर औषधिले बाहिर पिसाबबाट निस्कन्छ । यौनजन्य (रोगहरूबाट हुने) सबैखाले रोग ठीक हुन्छ ।
० प्यारालाइसिसका लागि पनि उपचार छ कि ?
– प्यारालाइसिसको जननी भनेकै ब्लडप्रेसर सीभीए र तनाव हो । त्यसकारण नियमित रूपमा रक्तचाप जाँच्नुपर्छ । रक्तचाप नियन्त्रण भए रोग लाग्नै पाउँदैन । प्यारालाइसिस भइसकेको भए अवस्थाअनुसार पूर्णतया निको हुन्छ । तर, समय लाग्छ ।
० नसाको रोग भन्छन् नि, यसमा के हुन्छ त ?
– नसा च्यापिएर झमझमाउने, निदाउने, अङ्ग दुख्ने भएमा पनि कुनै चिन्ता लिनुपर्दैन, ठीक हुन्छ ।
० मुसा खिलजस्ता चर्मरोगलाई ठीक गर्छ कि गर्दैन होला ?
– चर्म रोगमध्ये अङ्ग्रेजी एलोपेथिक पद्धतिमा उपचार नभएको उकयचष्बकष्क को पनि यस पद्धतिमा उपचार सम्भव छ । सबै प्रकारका चिलाउने दाद, एक्जिमा सजिलै निको हुन्छ । खिल पल्टेको र मुसाको पनि चिन्ता नगर्नुहोस् ।
० हेपाटाइटिस बी, एचआईभीको नि ?
– निको हुन्छ, हेपाटाइटिस, एचआईभीवाला रोगीको आयु धेरै लम्ब्याउन प्रारम्भिक चरणको एचआईभी पूर्णतया निको हुनसक्छ ।
० अन्त्यमा थप कुरा केही छ कि ?
-सर्वसाधारणमा मेरो अपिल यो छ कि तपार्इंहरूलाई जस्तोसुकै रोग लागेको भए पनि एचआईभी, हेपाटाइटिस बी नै किन नहोस् अस्पतालमा आउनुहोला हामी निको पार्न हरबखत प्रयास गर्नेछौँ । अर्को कुरा नेपाल सरकारको सहयो पाए यस होमियोप्याथिक अस्पतालको विस्तार गरी बेड (इन्डोर) सेवा दिलाउन सकेमा गरिब जनताको उद्धार हुने थियो ।
– टंकमणि निरौला