नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।
शुक्रबार (१९ मङ्सिर) भएको भेटमा सभापति देउवाकी धर्मपत्नी आरजु राणा र अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिए ।
दुई पूर्व प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया