पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल


पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाललाई मनोनयन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले सोमबार (२९ मंसिर) सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिएका छन् ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्यसचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उनले बताए । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।