तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उल्लिखित तीन जना र एक कम्पनीविरुद्ध बुधबार (२ पुष) जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो । मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।
प्रतिक्रिया