जीवनोपयोगी सत्संग एवं प्रार्थना कार्यक्रम

जीवनोपयोगी सत्संग एवं प्रार्थना कार्यक्रम


सन्त शिरोमणी ब्रह्मलीन सन्त स्वामी रामसुखदासजी महाराजको अन्तिम समयसम्म सँगै रहनु भएका सन्त श्री हरिकृष्ण दासजी महाराज द्वारा २६ डिसेम्बर २०२५ देखि ३ जनवरी २०२६ सम्म विराटनगरमा जीवन उपयोगी सत्संग समारोह हुन लागेको छ । सोही क्रममा काठमाडौंमा पनि मिति २०८२ पौष ११ र १२ गते (२६ र २७ डिसेम्बर) शुक्रबार  र शनिबारका दिन गीता प्रेस नेपालको संयोजनमा दुई दिन माहेश्वरी भवन नक्सालमा जीवन उपयोगी सत्संग एवं प्रार्थना कार्यक्रम हुन गइरहेको छ।यस द्विदिवसीय कार्यक्रम का आयोजन गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल (गीताप्रेस नेपाल) द्वारा आयोजित हुनेछ।

२०८२ पौष ११ गते (२६ दिसंबर) शुक्रवारका दिन विहान ५ देखि ६ बजेसम्म  नित्यस्तुति प्रार्थना,  दिउँसो २.३० बजे देखि भजन संकीर्तन गीता पाठ र  दिउँसो ३ देखि ५ सम्म सत्संगको कार्यक्रम हुने छ ।

२०८२ पौष १२ गते (२७ दिसंबर) शनिवारका दिन विहान ५ देखि ६ बजेसम्म  नित्यस्तुति प्रार्थना,  विहान ११ बजेदेखि भजन, संकीर्तन गीता पाठ र विहान ११:३० देखि दिउँसो १:३० सम्म सत्संगको कार्यक्रम हुनेछ ।

विशेष रुपमा सन्त श्री हरिकृष्ण दासजी महाराजको समुपस्थितिमा मिति २०८२ पौष ११ गते (२६ डिसेम्बर २०२५) शुक्रबारका दिन कागेश्वरी मनोहरामा अवस्थित पाणिनि स्कुलमा विद्यार्थी नानीबाबुहरुसँग विहान ९:०० बजे सत्संग एवं गीता पाठ र शिक्षक एवं विद्यार्थी नानीबाबुहरुलाई निःशुल्क सरल गीता प्रदान गरिने कार्यक्रम रहेको समेत जानकारी गराइएको छ ।