हामी नेपाली दम्पतिहरूमा एकअर्काको खुसीमा रमाउने संस्कृति एकदम कम छ । साँच्चिकै भन्ने हो भने हामी लोग्ने-स्वास्नी एकआपसमा रमाउने कुरालाई पनि ‘विदेशी संस्कृति’ भन्दै पन्छिने प्रयत्न गर्छौं । यो एकप्रकारको आफ्नो अवहेलना नै हो । एकआपसमा रमाउने, एकअर्काको खुसीमा उत्सव गर्ने र एकअर्काको सम्मान गर्ने अभ्यास गर्नु धेरै महत्वपूर्ण हुन्छ ।
✍ डा. गोविन्दशरण
विश्वमा दाम्पत्य सम्बन्धका आधारहरू धेरै हुन्छन् जसमा प्रेम, विश्वास, आदर, करुणा, कर्तव्य र समर्पणजस्ता शब्दहरू धेरैपटक प्रयोग गरिन्छन् । तर यिनै शब्दहरूलाई बुइँ बनाएर चल्ने दाम्पत्य जीवनको मूलमा सरल तर गहिरो भावनामा अडिएको हुन्छ – एकअर्कालाई सम्झिनु, महत्व दिनु र कदर गर्नु । अंग्रेजीमा यसलाई ‘cherish your husband or wife’ भनिन्छ । नेपालीमा भने यो भावनालाई ‘आफ्नो श्रीमान् वा श्रीमतीलाई मनदेखि कदर गर’ भनेर बुझ्न सकिन्छ । दाम्पत्य जीवनमा कदरको अर्थ केवल बाहिर देखिने व्यवहार होइन, यो त हृदयभित्रको न्यानोपना हो। मानिसको मन केवल बोलिएका मीठा शब्दले मात्र तृप्त हुँदैन, व्यवहारिक रूपमा आदर र उपस्थितिले नै उसलाई सुरक्षा, आत्मीयता र मूल्यवान् भएको अनुभूति गराउँछ ।
दाम्पत्य केवल सामाजिक मात्र सम्झौता होइन, यो त दुई व्यक्तिले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समय, श्रम, भावना, सपनाहरू एकअर्कासँग बाँड्ने वाचा हो । जब श्रीमान् र श्रीमतीले एकअर्कालाई कदर गर्छन्, त्यहाँ कुनै एक व्यक्ति जित्दैनन्, दुवै जना नै जित्छन् । किनकि, कदरले साझेदारीमा स्वतन्त्रता, समानता र सम्मानको संरचना बनाउँछ । जब पत्नीले श्रीमान्लाई सम्मान दिन्छे, उसको अस्तित्व मात्र होइन, उसको प्रयासलाई पनि मान्यता दिन्छे, तब श्रीमान्लाई जीवनप्रति नयाँ ऊर्जा प्राप्त हुन्छ । उही कुरा श्रीमतीमा पनि लागू हुन्छ – श्रीमतीलाई केवल घरधन्दा गर्ने व्यक्तिको रूपमा होइन, सेक्स-टुलका रुपमा मात्र होइन सबैभन्दा नजिकको मित्रका रूपमा आदर गर्दा सम्बन्ध सन्तुलित र सुन्दर बन्छ ।
उत्सव गर्नुको अर्थ केवल ‘धन्यवाद’ भन्नु मात्र होइन । कदरको अर्थमा ‘तिमीले/मैले एकअर्काको जीवनमा महत्व पाएको छौ’ भन्ने भाव बोकेको हुन्छ । कहिलेकाहीँ कदर एक कप चिया बनाएर दिनु हो, कहिले एउटै गल्ती पुनः नदोहोरिने प्रतिज्ञा गर्नु हो र कहिलेकाहीँ अनावश्यक झगडामा अपहेलित नहुने निर्णय गर्नु हो । दाम्पत्य जीवनको महत्त्वपूर्ण पक्ष ‘लामो युद्धभन्दा सानो शान्ति ठूलो हुन्छ’ भन्ने बुझाइ हो। धेरै दम्पतीहरू साना-ठूला विषयमा बहस गर्दै जीवनभरि थाकिन्छन्, तर कदर गरेका जोडीहरू बहसको बीचमै एकअर्कालाई सम्झन्छन्हा – मी दुश्मन होइनौँ ।
कदरको मनोवैज्ञानिक पक्ष पनि अत्यन्त महत्वपूर्ण छ। जब कसैलाई कदर गरिन्छ, उसको मस्तिष्कमा सकारात्मक हार्मोनहरू – जस्तै- डोपामिन र अक्सिटोसिन – सक्रिय हुन्छन्, जसले भावनात्मक सुरक्षा र विश्वास वृद्धि गर्छ। श्रीमान् वा श्रीमतीले एकअर्कालाई कदर गरेपछि, उनीहरूको मानसिक स्वास्थ्यमा समेत सुधार हुन्छ । आजको व्यस्त, यान्त्रिक र डिजिटल युगमा, जहाँ मानिस फोन, टेलिभिजन र सामाजिक सञ्जालका संसारमा हराइरहेका छन्, त्यहाँ शारीरिक रूपमा नछुने तर भावनात्मक रूपमा स्पर्श गर्ने व्यवहारको आवश्यकता अझ बढ्छ । मोबाइल फोनको स्क्रिनले होइन, जोडीको आँखामा हेरेर बोल्ने बानीले दाम्पत्यलाई बलियो बनाउँछ ।
जब श्रीमान् र श्रीमतीले एकअर्कालाई कदर गर्छन्, त्यहाँ कुनै एक व्यक्ति जित्दैनन्, दुवै जना नै जित्छन् । किनकि, कदरले साझेदारीमा स्वतन्त्रता, समानता र सम्मानको संरचना बनाउँछ । जब पत्नीले श्रीमान्लाई सम्मान दिन्छे, उसको अस्तित्व मात्र होइन, उसको प्रयासलाई पनि मान्यता दिन्छे, तब श्रीमान्लाई जीवनप्रति नयाँ ऊर्जा प्राप्त हुन्छ । उही कुरा श्रीमतीमा पनि लागू हुन्छ ।
धेरै दम्पतीहरूको समस्या के छ भने, उनीहरू विवाहका प्रारम्भिक दिनहरूमा एकअर्कालाई निकै मायालु र सम्मानजनक बोलीहरू प्रयोग गर्छन् तर समयसँगै त्यो हराउँछ । बुढ्यौली मात्र शरीरमा आउँदैन, सम्बन्धमा पनि कहिलेकाहीँ थकान आउँछ । तर थकानको क्षणमा पनि ‘तिमी महत्वपूर्ण हौ’ भन्ने बुझाइ नै दाम्पत्यलाई टिकाइराख्ने आधार हो । घरको काम, आर्थिक चुनौती, बालबच्चाको जिम्मेवारी, समाजका अपेक्षाहरू, व्यक्तिगत लक्ष्य – यी सबैले दाम्पत्य जीवनलाई थिच्न सक्छन् । त्यसैले सजग प्रयास आवश्यक हुन्छ। प्रयासबिना प्रेम सुक्छ । आदरबिना न्यानोपना हराउँछ। कदरबिना सम्बन्ध साधारण दैनिकीको कोलाहलमा हराइदिन्छ ।
कदर गर्नुको अर्को अर्थ छ- सुनिरहेका जस्तो देखिनु मात्र होइन, सुन्ने र भन्ने अवसर प्रदान गर्नु पनि हो । श्रीमानले श्रीमतीका डर, पीडा, स्वर, भोगाई सुन्ने र सम्मान गर्ने। श्रीमतीले श्रीमान्को थकान, असफलता, दुविधा र कमजोरीलाई दोष होइन, सामानानुभूति दिने । सम्कोमान भाषा केवल मीठा शब्द होइनन्, समय हो । समय दिनु आज संसारकै सबैभन्दा दुर्लभ र बहुमूल्य उपहार जस्तै भएको छ । त्यसैले दम्पतीले एकअर्कालाई दिएको समय कदरको सर्वश्रेष्ठ रूप हो । सँधै ठूलो उपहार चाहिँदैन- दिनको ३० मिनेटका लागि ‘तपाईंको समय र भोगाई कस्तो रह्यो ?’ भनेर सोध्नु नै पर्याप्त हुन सक्छ।
समाज र संस्कृतिले पनि कहिलेकाहीँ उत्सव वा सम्मानको अवधारणा बिगारिदिन्छ । कतिपय संस्कृतिमा पत्नीलाई केवल ‘घर धान्ने व्यक्ति’को रूपमा हेरेर उसको मूल्य घटाइन्छ । कतै श्रीमान्लाई केवल ‘आर्थिक स्रोत’को रूपमा हेरेर उसको भावनात्मक अस्तित्वका बारेमा ध्यान दिइँदैन । तर जीवन केवल भूमिकाको खेल होइन, त्यो त आत्माको यात्रा हो । श्रीमान् र श्रीमती दुवैले एकअर्कालाई आत्मिक अस्तित्वका रूपमा, व्यक्तित्वका रूपमा, सबैभन्दा नजिकको मित्रका रूपमा माया गर्न सके दाम्पत्य जीवन निकै मीठो हुन्छ । यो पूजा होइन, यत्रतत्रसम्मको सहज समर्पण हो । परिवारमात्र होइन, समाज र राष्ट्रका लागि पनि यस्तो दाम्पत्य महत्वपूर्ण हुन्छ।
बुढ्यौली मात्र शरीरमा आउँदैन, सम्बन्धमा पनि कहिलेकाहीँ थकान आउँछ । तर थकानको क्षणमा पनि ‘तिमी महत्वपूर्ण हौ’ भन्ने बुझाइ नै दाम्पत्यलाई टिकाइराख्ने आधार हो । घरको काम, आर्थिक चुनौती, बालबच्चाको जिम्मेवारी, समाजका अपेक्षाहरू, व्यक्तिगत लक्ष्य – यी सबैले दाम्पत्य जीवनलाई थिच्न सक्छन् । त्यसैले सजग प्रयास आवश्यक हुन्छ। प्रयासबिना प्रेम सुक्छ ।
बाहिरबाट हेर्दा ‘cherish your husband or wife’ भन्ने वाक्य सरल देखिन्छ । तर जीवनमा उतारचढाव आउँदा यसलाई व्यवहारमा उतार्नु गाह्रो पर्न सक्छ । जब झगडा हुन्छ, मन दुख्छ, भ्रम हुन्छ, तब कदरको अभ्यासले नै सम्बन्धलाई फेरि जोड्छ । ‘म तिमीमाथि रिसाएको छु, तर तिमी महत्वपूर्ण नै हौ’ भन्ने सिक्नु नै कदरको सबैभन्दा उच्च रूप हो । दाम्पत्यमा कदर आफैँमा एक प्रकारको साधना हो, जहाँ मानिसले आफूलाई सधैं पहिले राख्ने संस्कार छाडेर ‘हामी’ भन्ने बोधमा प्रवेश गर्छ ।
एकअर्काको लागि उत्सव मनाउंदा तपाईंले स्वार्थ भन्दा सम्बन्धलाई महत्व दिनुपर्छ। उत्सवको अर्थ दमन होइन- विकास हो । नझुकाएर, नदबाएर, एकअर्कालाई उभ्याउने परिपक्व व्यबहार हो, कला हो । आजको पुस्ताले स्वातन्त्र्य र आत्मसम्मानलाई उच्च प्राथमिकता दिन्छ, जुन सही हो । तर आत्मसम्मान र कदर एकअर्काका शत्रु होइनन् । कदरको अभ्यासले नै आत्मसम्मानलाई सुरक्षित राख्छ । किनकि एकअर्कालाई कदर गर्दा ‘तिमीले मलाई बदल्नुपर्छ’ होइन, ‘तिमीसँग म पनि बदलिइरहेको छु’ भन्ने भावनाको जन्म हुन्छ। यसरी कदरले दाम्पत्यलाई जीवन्त राख्छ ।
हामी नेपाली दम्पतिहरूमा एकअर्काको खुसीमा रमाउने संस्कृति एकदम कम छ । साँच्चिकै भन्ने हो भने हामी लोग्ने-स्वास्नी एकआपसमा रमाउने कुरालाई पनि ‘विदेशी संस्कृति’ भन्दै पन्छिने प्रयत्न गर्छौं । यो एकप्रकारको आफ्नो अवहेलना नै हो । यदि सबैको अगाडि रमाउन सकिन्न भने एकआपसमा रमाउने, एकअर्काको खुसीमा उत्सव गर्ने र एकअर्काको सम्मान गर्ने अभ्यास गर्नु धेरै महत्वपूर्ण हुन्छ । सम्मान र उत्सव गर्नुको अर्थ – आत्माहरूको हात समातेर, आफ्नो कमजोरीसहित, एकअर्काका लागि गरिएको सुन्दर र मीठो जीवनयात्रा हो । सम्भवतः हामीले जीवनमा गरेको सबैभन्दा सुन्दर निर्णय एकआपसमा सम्मान गर्नु र एकले अर्कोको लागि स-सानो उत्सव मनाउनु हो । त्यसैले, श्रीमान्लाई कदर गर्नुहोस्, श्रीमतीलाई कदर गर्नुहोस् – किनकि कदर स्वार्थ होइन, संस्कार हो; दया होइन, दायित्व हो; बोझ होइन, बरदान हो । जीवनमा जे-जस्तो अवस्था र व्यबस्था आए पनि सम्मानजनक टावरले साथमा हिँडेका दाम्पतीहरू हार्दा पनि जितेजस्तै देखिन्छन् र जित्दा पनि नम्र हुन्छन् । यही दाम्पत्यको सौन्दर्य हो र मीठास हो ।
प्रतिक्रिया