यी न आफू नेतृत्व-क्षमता/योग्यता राख्छन् न त अरुको सफलता देख्न सक्छन् । यतिबेला ‘नयाँ’ भनिनेहरूमा यी ‘असफल पुराना’को घुसपैठ सकारात्मक हुन सक्दैन । यिनको सहभागिता दुर्भाग्यपूर्ण हुने निश्चित छ ।
✍ शेखर ढुंगेल
बाबुराम नेपालका एक कुख्यात ‘राजनीतिक खलपात्र’ हुन्, तर किन हो उनलाई कतिपयले ‘विद्वान्’को पगरी गुथाएर सम्बोधन गर्ने गर्छन् । पञ्चायतकालमा उच्च शिक्षासम्म निःशुल्क (छात्रवृत्तिमा) पढ्ने यी कथित विद्ववान्को इन्जिनियरिङ प्रमाणपत्र के काम लाग्यो त नेपालको लागि ? न उनले कुनै एक नमुना भवन बनाएका छन् न कुनै एक पुल । निर्माण होइन नेपाल ध्वस्त पार्ने र देशको समृद्धिलाई दशकौँ पछाडि धकेल्ने हिंसात्मक विद्रोहका निमित्त-नायक विद्वान् कहलिने कसरी ?
बाबुरामको आत्मबोध वा अन्तरात्माको चेतनाको सृजनात्मक बोली पङ्क्तिकारले आजसम्म सुनेको छैन । उनले हमेसा फलानो किताबमा यस्तो लेखेको छ तिलानोले यसो भनेको छ भनेर सापटी ज्ञान बक्नुबाहेक उनमा त्यस्तो कुनै विद्व्वता केही छैन, न त नेतृत्व कौशलता नै छ । भाँड्ने बिगार्ने कलामा भने पोख्त छन् । जेन्जी विद्रोहपछि पुस्तान्तरणको पाखण्डी नाटक गरेर आफ्नी छोरीलाई असफल अस्तित्वहीन दलको नेतृत्व छोडेँ भनेका बाबुराम फेरि कुन दुर्नियत राखेर नयाँँ बन्ने दलमा घुस्दैछन् ? बाबुराम के मुखले फेरि अन्य दलमा प्रवेश खोज्दैछन् ? भाँड्ने बाहेक के उद्देश्य होला ? त्यसैले सतर्क बनौँ ।
नयाँँ शक्ति भनेको के हो ? मात्र नयाँँ नाम र नयाँ नेतृत्व मात्र हो कि नयाँ सोच मिसन भिजन पनि हो ? एमाले-कांग्रेस-राप्रपा-रास्वपा-नेकपा (माधव-प्रचण्ड झुण्ड) भन्दा अबको ‘नयाँ’को अर्थ के हो ? हिजो नयाँ भनिने वा बनाइने वा नयाँ नेतृत्व भनिएको दल वा गठबन्धनमा बाबुरामको घुसपैठ दुर्भाग्यपूर्ण हुनेछ । किनभने, यी अस्थिर र भँडुवा मानसिकता बोकेकाले हिजो अन्य दलमा जस्तै विकृतिपूर्ण कर्म मात्र गर्नेछन् । एकपटक बाबुरामको विगत हेरौँ र मनन गरौँ – Tested and Failed र नेपालविरोधि अभियानका कुपात्रलाई घुसाउनु मुर्खता हुन्छ ।
बाबुरामले किन प्रचण्ड (माओवादी) त्यागे ? किन मधेशवादीलगायत अनेकौँ दलको पछि लागे ? किन नेतृत्व लिन असफल भए ? आफ्नो दल छोरीलाई बुझाइसकेको भन्ने यी राजनैतिक मात्र होइन देशभँडुवा अब बलियो भन्ने हौवा फैलिएको दल ध्वस्त पार्न घुसेका छन् ।
मिसन/भिजनसुन्य अनि ‘रअ’को हुण्डी खाएर नेपाल विखण्डनको अभियानमा लागेका (१४ जातीय राज्यको माग राख्ने यिनै हुन्) यी पात्रको विगत एकपटक फर्किएर हेरौँ-
१. तत्कालिन राजा श्री ५ वीरेन्द्रले राखेको शान्तिक्षेत्रको प्रस्तावविरुद्ध दिल्लीमा कालो झण्डा देखाएर विरोध गर्ने कुपात्र,
२. कुनैबेला ऋषिकेश शाहको अधक्षतामा रहेको मानवाधिकार आयोगको उपाध्यक्ष रहेको व्यक्ति १०वर्षे हिंसात्मक विद्रोहको खलनायकी गर्ने अविश्वसनीय पात्र,
३. पछिल्लो पटक राजा ज्ञानेन्द्रको समयमा सम्झौताको अन्तिम समयमा ‘रअ’को आदेशमा हुन लागेको सम्झौता भाँड्ने गैह्रजिम्मेवार नेपाली अनुहार,
४. पहिलो संविधानसभा असफल भएपछि असंवैधानिक बाटोबाट विदेशीको निर्देशनमा ‘खिरारे’लाई सरकार–प्रमुख बनाउने शङ्कास्पद मान्छे,
५. आफै संविधान निर्माण समितिको संयोजक रहेको बाबुराम संविधान जारी हुनेवित्तिकै माओवादी छाडेर नयाँ शक्ति भन्दै वातावरण नकारात्मक बनाउने राजनैतिक संस्कार नभएको मान्छे, ०७२ को संविधानको विरोध गर्ने पहिलो आधिकारिक व्यक्ति, देशघात गरेर आफ्नो गुरु एसडी मुनीलाई खुशी पार्ने अस्वस्थ मानसिकताका ब्यक्ति,
६. नेपाल खारेज गर् भनेर नारा लगाउने महिलाको श्रीमान्,
७. नेपालको सबै विमानस्थल भारतलाई जिम्मा दिन तयारी गरेको मान्छे, र नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारत उड्ने जहाजमा अन्तिम बिन्दुमा भारतीय सुरक्षा कर्मचारी राखेर नेपालको सुरक्षा निकायको हुर्मत लिने देशको स्वाधीनतामाथि धावा खोल्ने मान्छे,
८. आफ्नो नेतृत्व क्षमता नभएपछि नयाँ भन्दै गरेका आधा दर्जन दलहरूको चक्कर लगाएर असफल भइ एउटा दल छोरीलाई जिम्मा दिएर अर्को दलको सुँघ्दै हिँड्ने बाबुराम अब विवादस्पद रहे पनि कहिले रास्वपाको पछि त अब हर्क–बालेन–कुलमान मिले भने आफ्नो अस्तित्व समाप्त हुने वा अन्य दुर्नियत राखेर बालेन भेट्न पुगेको अवसरवादी पात्र, जो ‘मैले १० वर्षअगाडि देखि नयाँ शक्ति खोजेको थिएँ’ भन्दै घुसपैठ गर्न खोज्दैछन् ।
बाबुरामले किन प्रचण्ड (माओवादी) त्यागे ? किन मधेशवादीलगायत अनेकौँ दलको पछि लागे ? किन नेतृत्व लिन असफल भए ? आफ्नो दल छोरीलाई बुझाइसकेको भन्ने यी राजनैतिक मात्र होइन देशभँडुवा अब बलियो भन्ने हौवा फैलिएको दल ध्वस्त पार्न घुसेका छन् । रोक्न सकेनन् भने रास्वपालगायत बालेन-हर्क-कुलमान को-को मिलेर बन्ने छिसमिस दलको वा गठबन्धनलाई ध्वस्त बनाउने छन्… सावधान । यी बाँदर प्रवृत्तिका न आफू नेतृत्व-क्षमता/योग्यता राख्छन् न त अरुको सफलता देख्न सक्छन् । यतिबेला ‘नयाँ’ भनिनेहरूमा यी असफल पुरानाको घुसपैठ सकारात्मक हुन सक्दैन । यिनको सहभागिता दुर्भाग्यपूर्ण हुने निश्चित छ । नयाँ नै भन्ने हो भने पत्रु भइसकेको पुरानो.. बाबुराम किन ? सावधान !
प्रतिक्रिया