खोलाकिनारमा चितुवा मृत फेला

खोलाकिनारमा चितुवा मृत फेला


मकवानपुरको थाहा नगरपालिका-९ स्थित महालक्ष्मी खोलाकिनारमा मृतावस्थामा चितुवा फेला परेको छ ।

खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

के कारणले चितुवाको मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

symbolic image