गर्मी भगाऔं, निःशुल्क AC सर्भिसिङ गराऔं : TCL को विशेष अभियान सुरु

गर्मी भगाऔं, निःशुल्क AC सर्भिसिङ गराऔं : TCL को विशेष अभियान सुरु


TCL नेपालले प्रत्येक वर्ष गर्मी याम सुरु हुनुभन्दा अघि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष सेवा अभियान सञ्चालन गर्दै आएको छ । यसै क्रममा, TCL नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ । यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर सट्टापट्टा (एक्स्चेन्ज) गर्न सक्नेछन् भने नयाँ एसी खरिदमा आकर्षक छुट समेत पाउनेछन् । साथै, अभियान अवधिभर ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिसको सुविधा समेत प्रदान गरिनेछ ।

योजनाका प्रमुख सेवा र सुविधाहरू :

  • नि:शुल्क एसी सर्भिस : कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)।
  • एक्स्चेन्ज सुविधा : पुरानो एसी साट्दा विगतभन्दा ५०% सम्म बढी मूल्याङ्कन । साथै, नयाँ TCL एसी खरिद गर्दा २०% सम्मको छुट।
  • नि:शुल्क इन्स्टलेशन : नयाँ एसीमा रु. ४,००० बराबरको नि:शुल्क स्थापना सेवा।
  • २ वटा नि:शुल्क सेवा कुपन : मूल्य रु. ३,००० सम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि) ।
  • एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५०% सम्म छुट ।

ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११ / १६६-००-१०२-२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् । रजिस्ट्रेशन पछि TCL को टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन् ।

सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ। अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
TCL नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्याउन सदैव अग्रसर रहेको छ । यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुऱ्याउने विश्वास व्यक्त गरेको छ ।

advertorial