धरान उपमहानगरपालिका-५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका-१५ का भरत विक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
प्रतिक्रिया