समाजसेवी न्यौपाने झुण्डिएर मृतावस्थामा फेला परे

समाजसेवी न्यौपाने झुण्डिएर मृतावस्थामा फेला परे


दमक (झापा)का युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० वर्षीय न्यौपानेको आज (५ चैत) बिहान गौरीगञ्ज गाउँपालिका-१ स्थित कुन्जीबारीमा मसलाको बोटमा झुन्डिएको अवस्थामा शव भेटिएको हो ।

दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा बुधबार खेती हेर्न गएका उनी मृतावस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ । दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए ।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आएका थिए । स्व. न्यौपाने श्रीमती र दुई छोराका साथ दमक-६ स्थित देवकोटा चेकमा बस्दैआएका थिए ।