विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित


राजधानीमा जारी शहीद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ ।

प्राविधिक कारण देखाउँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको हो ।

अध्यागमन विभागले आज (५ चैत) एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन आग्रह गरेको थियो ।

विभागले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीका आधारमा आजैदेखि छानबिन अगाडि बढाउने जनाएको थियो ।