नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहित कांग्रेस पदाधिकारीको टोलीले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ ।
सोमबार (९ चैत) भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु पुगेर उपसभापति शर्मा र महामन्त्रीद्वय प्रदीप पौडेल तथा गुरुराज घिमिरेले समवेदना व्यक्त गर्नुका साथै ओलीका दिवंगत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पणगर्नुभएको हो ।
त्यसैगरी नेकपाका नेताहरु रेणु दाहाल र गंगा दाहाल पनि सोमबार नै गुण्डुस्थित ओली निवास पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया