दाङको घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया