✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत १५ गते तद्अनुसार सन् २०२६ मार्च २९ तारिख रविबार चैत्र शुक्ल पक्षको एकादशी तिथि अश्लेषा नक्षत्र धृति योग बव करण आनन्दादिमा बज्र योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः० मा भयो र सूर्यास्त साँझ १८ः१९ बजे हुनेछ । कामदा एकादशी व्रत ।
आजको राशिफल
मेष – भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । नियमित व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइने समय छ । तथापि, इष्र्या गर्नेहरूले दुःख दिन सक्छन् । आम्दानी बिगार्नेहरू सक्रिय रहने योग छ । मित्र एवम् आफन्तजनको सहयोगले समस्यासँग जुध्न सघाउला । आमोदप्रमोदको भाव रहनेछ ।
वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
मिथुन – शुभदायी समय हुनाले एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । क्षमता तथा प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्नसक्छ, मौको लाभ लिने प्रयत्न गर्नुहोला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने योग छ । शत्रुपक्ष परास्त हुनेछ । रचनात्मकता बढ्नेछ ।
कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा पनि राम्रै लाभ हुनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ, सजग रही व्यवहार गर्नु उचित होला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ । अध्ययन–अध्यापनमा उत्साह जागृत हुनेछ । सहयोगीजनले लाभ नै दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मान्यजनसँग असमझदारीको योग रहेकोले संयमपूर्ण व्यवहार गर्नु हितकर होला ।
सिंह – नियमित कार्यमा केही चुनौती बढ्न सक्ने समय छ । अप्ठ्यारा कामको बोझ थपिने तथा अवसर आए पनि मौकामा लाभ उठाउन मुस्किल पर्ने देखिन्छ । ठूलै प्रयत्न गर्दा पनि सामान्यमा फाइदा हुने देखिन्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसँग सामान्य मनमुटाव पनि पर्ने सम्भावना छ। । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यबल बढ्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । व्यवसायिक प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ ।
तुला – नियमित कार्यबाट फुर्सदिलो अनुभूति भइ सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । साझेदारीबाट लाभ मिल्ने देखिन्छ । रोकिएका काम पुनः प्रयत्न गरे सफलता मिल्नेछ । यात्रागत कार्यमा खर्च बढेपनि सफलता र सन्तुष्टि प्राप्त होला । आफन्त एवम् मित्रजनको साथ–सहयोगले कार्यगति बढ्नेछ ।
वृश्चिक – मान, विद्या एवम् विशेष उपहार प्राप्त हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुर्न सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ भने धनलाभको योग छ । सामथ्र्य वृद्धि भइ रोकिएको काम बन्ने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणको लागि होसियार रहनु उचित हुनेछ ।
धनु – सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जोश–जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा खासै समय दिन नसकिएला । नचिताएको ठाउमा धन खर्च हुनसक्छ, सचेत रही आर्थिक व्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मकर – केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्षको चलखेल बढ्नाले चुनौती बढ्नसक्छ, तर जित तपाईंकै हुनेछ । कुनै नयाँ काम अघि बढाउने योजनामा हुनुहुन्छ भने उचित समय आएको छ । प्रेम सम्बन्धमा उत्साह जागृत हुने योग छ । आरोग्यबल वृद्धि हुनेछ ।
कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – मिश्रित फलदायी समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिएला । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ भने सेवामूलक कामबाट समेत धनलाभको योग छ । आफन्तबाट टाढिनुपर्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लाभदायी यात्राको अवसर जुट्न सक्छ । दाम्पत्यसुख बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ ।
प्रतिक्रिया