ओली रिहाइको मागमा एमाले धादिङको प्रदर्शन, प्रशासनलाई विरोधपत्र

ओली रिहाइको मागमा एमाले धादिङको प्रदर्शन, प्रशासनलाई विरोधपत्र


  • विकाश रौनियार, धादिङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ अगाडि कोणसभा तथा प्रदर्शन गरेको छ ।

आइतबार (१५ चैत) आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागितामा नाराबाजीसहित विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत सरकारलाई सम्बोधन गरिएको विरोधपत्र समेत बुझाएको जनाएको छ ।

कोणसभामा वक्ताहरूले ओलीको पक्राउप्रति आपत्ति जनाउँदै त्यसलाई राजनीतिक रूपमा प्रेरित कदम भएको आरोप लगाएका छन् । उनीहरूले कानुनी प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै तत्काल रिहाइको माग गरेका छन् ।